यस वर्षकी विश्व सुन्दरी पोल्यान्डकी क्यारोलिना बेलावस्का ।

Miss-World-2022

 

काठमाण्डौ:
पोल्यान्डकी क्यारोलिना बेलावस्काले यस वर्षको विश्व सुन्दरी प्रतियोगिताको उपाधि जितेकी छिन् । ४० जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् ।

बिहीबार बिहान अमेरिकी टापु राज्य पुएर्तोरिकोमा भएको ७०औँ संस्करणको मिस वर्ल्ड ग्रान्ड फिनालीमा उनले ताज पहिरिइन् । २२ वर्षीया क्यारोलिना व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययनरत हुन् । उनले मोडलिङ समेत गरिसकेकी छिन् । यस्तै, अमेरिकाकी श्री साइनी फस्ट रनरअप र कोटे डी आइभोरकी ओलिभिया एस सेकेन्ड रनरअप भए ।

त्यस्तै, ब्युटी विथ पर्पसको उपाधि अमेरिकाले जितेको छ । नेपालले अन्तिम १२ मा पनि स्थान बनाउन सकेन । मिस नेपाल नम्रता श्रेष्ठ अन्तिम ३० मा छानिएकी थिइन् ।

 

Facebook Comments Box
TOP