यस वर्षकी विश्व सुन्दरी पोल्यान्डकी क्यारोलिना बेलावस्का ।
काठमाण्डौ:
पोल्यान्डकी क्यारोलिना बेलावस्काले यस वर्षको विश्व सुन्दरी प्रतियोगिताको उपाधि जितेकी छिन् । ४० जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् ।
बिहीबार बिहान अमेरिकी टापु राज्य पुएर्तोरिकोमा भएको ७०औँ संस्करणको मिस वर्ल्ड ग्रान्ड फिनालीमा उनले ताज पहिरिइन् । २२ वर्षीया क्यारोलिना व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययनरत हुन् । उनले मोडलिङ समेत गरिसकेकी छिन् । यस्तै, अमेरिकाकी श्री साइनी फस्ट रनरअप र कोटे डी आइभोरकी ओलिभिया एस सेकेन्ड रनरअप भए ।
त्यस्तै, ब्युटी विथ पर्पसको उपाधि अमेरिकाले जितेको छ । नेपालले अन्तिम १२ मा पनि स्थान बनाउन सकेन । मिस नेपाल नम्रता श्रेष्ठ अन्तिम ३० मा छानिएकी थिइन् ।
समाचार
थप सामाग्री
जनताको समस्या समाधान गर्न सरकारसँग हातेमालो गर्छु : उमेदवार ढकाल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : गएको फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा नेपाली काँग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं.–१ मा उम्मेदवार…


