अनेरास्ववियुद्वारा माग सम्बोधन नभएको निहुमा विद्यालयमा आगजनी ।

रौतहट
माग सम्बोधन नभएको भन्दै जुध्द माध्यमिक विद्यालयमा आगजनी भएको छ । शुक्रबार रौतहटको गौरमा रहेको जुध्द माध्यमिक विद्यालयमा माग सम्बोधन नभएको भन्दै विद्यार्थीहरुले आगजनी गरेका हुन् ।
आगजनीबाट विद्यालयको कागजात र केही फर्निचरहरुमा जलेर नष्ट भएको छ । विद्यार्थीहरुले आगजनी गरेपछि विद्यालय क्षेत्र तनावग्रस्त बनेको छ ।आगजनी गरेको विषयमा प्रहरीले अनेरास्ववियु मधेश प्रदेश कमिटी सचिव रबि मिश्र र आशिष झासहित चार जनालाई पक्राउ गरेको छ ।
विद्यालयले विभिन्न बहानामा शुल्क लिएको भन्दै त्यसको विरोधमा उत्रिनु परेको अनेरास्ववियु मधेश प्रदेश कमिटी सचिव रबि मिश्रले बताउनुभयो । प्रहरी उपरिक्षक बिनोद घिमिरेले घटनामा संलग्न चार जनालाई पक्राउ गरी अनुसन्धान गरिएको बताउनुभयो ।
समाचार
थप सामाग्री
वालिङमा तमु भाषा खेमा लिपि प्रशिक्षण
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङमा तमु भाषा सम्बन्धी ३ दिनको प्रशिक्षण शुरु भएको छ । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय…