जापानमा ७ दशमलब ३ रेक्टर स्केलको भूकम्प ।
काठमाण्डौ:
जापानमा ७ दशमलब ३ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पका कारण दुई जनाको मृत्यु भएको छ । कम्तीमा ९० जना घाइते भएका छन् ।
स्थानीय समयअनुसार बुधबार बेलुका ८ बजेतिर ७ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको हो । फुकुसिमा क्षेत्रको जलीय क्षेत्रको ६० किलो मटिर गहिराइमा यसको केन्द्रविन्दु रहेको जापानको भौगर्भिक निकायले जनाएको छ ।
भूकम्पपछि लगातार परकम्प आइरहेका छन् । राजधानी टोकियोमा पनि असर देखिएको जनाइएको छ। भूकम्पले २० लाखवटा घरको विद्युत आपूर्ति रोकिएको छ । जापानको उत्तर पूर्वी तटीय क्षेत्रका केही भागमा एक मिटर अग्लो सामुद्रिक छाल अर्थात सुनामी आउने चेतावनी दिइएको छ । क्षतिको विवरण भने सङ्कलन गरिरहेको जनाएको छ ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
२ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


