जापानमा ७ दशमलब ३ रेक्टर स्केलको भूकम्प ।
काठमाण्डौ:
जापानमा ७ दशमलब ३ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पका कारण दुई जनाको मृत्यु भएको छ । कम्तीमा ९० जना घाइते भएका छन् ।
स्थानीय समयअनुसार बुधबार बेलुका ८ बजेतिर ७ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको हो । फुकुसिमा क्षेत्रको जलीय क्षेत्रको ६० किलो मटिर गहिराइमा यसको केन्द्रविन्दु रहेको जापानको भौगर्भिक निकायले जनाएको छ ।
भूकम्पपछि लगातार परकम्प आइरहेका छन् । राजधानी टोकियोमा पनि असर देखिएको जनाइएको छ। भूकम्पले २० लाखवटा घरको विद्युत आपूर्ति रोकिएको छ । जापानको उत्तर पूर्वी तटीय क्षेत्रका केही भागमा एक मिटर अग्लो सामुद्रिक छाल अर्थात सुनामी आउने चेतावनी दिइएको छ । क्षतिको विवरण भने सङ्कलन गरिरहेको जनाएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


