महिलाहरुका लागि गुडिया बनाउने तालिम सम्पन्न ।

वालिङ :
वालिङका महिलाहरुका लागि गुडिया बनाउने तालिम प्रदान गरिएको छ । घरमा नै फालिएका कपडाहरुको प्रयोग गरी महिलाहरुका लागि गुडिया बनाउने तालिम प्रदान गरिएको हो ।
वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम युएनडिपीको आर्थिक सहयोग र वालिङ प्रोडक्ट होल्डिङ द्धारा संचालित हरित पुनः उत्थान परियोजनाको आयोजनामा तालिम सञ्चालन गरिएको हो ।
उद्यमशीलता व्यवशाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र ईबिकमा आएका महिलाहरुलाई उत्पादनमा जोड्ने उद्देश्यले तालिम सञ्चालन गरिएको परियोजना प्रमुख बिशाल बगालेले जानकारी दिनुभयो ।
तालिममा ५० जना महिलाहरुकाे सहभागिता रहेको थियो । तालिम समापनका अवसरमा बोल्दै सहभागी महिला चन्द्रकला बगाले र मञ्चला पंगेनीले तालिम निक्कै उपलव्धी मुलक भएको बताए । उनीहरुको भनाई छ ‘अव घरमा फालिएका कपडाको प्रयोग गरी सजावटका सामाग्री बनाउन सकिने भयो ।’
तालिम समापनका अवसरमा दियालो संस्थाका अध्यक्ष कबिता तिवारी,वालिङ प्रोडक्ट होल्डिङका अध्यक्ष याम बहादुर गुरुङ, सचिव भूपराज बगाले,लेखा संयोजक नेत्र पराजुली लगायतले बोलेका थिए ।
५ दिन सम्म चलेको तालिममा दुर्गा न्यौपाने र मनु थापाले प्रशिक्षण दिनु भएको ईबिक अधिकृत शुष्मा वोस्ती डुम्रेले जानकारी दिनुभयो ।
सो अवसरमा उत्कृष्ट सहभागि चिनु रानालाई पुरस्कृत समेत गरिएको थियो ।
कार्यक्रमको संचालन मैना रेग्मीले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…