कोभिड नियन्त्रणका लागि लगाईएको प्रतिवन्ध मंगलबार (आज)देखि हट्यो
वालिङ, २४ फाल्गुन :
पछिल्लो समय कोभिड संक्रमण न्युन हुँदै गएपछि स्याङ्जामा प्रतिबन्ध हटाईएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन बढेपछि माघ महिनाभरी स्मार्ट लकडाउन गरिएको स्याङ्जामा एक महिना स्मार्ट लकडाउन गरी भढी भिडभाड हुने स्थानहरुमा निश्चित मापदण्ड तथा सिमित संख्यामा उपस्थित भई कार्य गर्न भनिएको थियो । तर फाल्गुनयता संक्रमण कम हुँदै गएपछि विस्तारै यहाँका शैक्षिक क्षेत्र तथा अन्य सभा समारोह पुरानै लयमा फर्केका थिए ।
सोमबार जिल्ला प्रशासन कार्यालयले कोभिडको संक्रमण कम हुँदै गएका कारण जिल्लामा प्रतिबन्धात्मक व्यवस्था हटाईएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलद्धारा जारी आदेशमा कोभिड नियन्त्तणका लागी स्मार्ट लकडाउन कार्यविधि तथा जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिस अनुसार गरिएको प्रतिबन्धात्मक आदेश मंगलबारदेखि हटाईएको हो । प्रतिबन्धात्मक आदेश हटाईएसंगै राजनितिक, आर्थिक, सामाजिक, शैक्षिक, व्यवासायीक, मनोरञ्जनात्मक लगायतका क्रियाकलाप गर्दा यसअघि गरिएका प्रतिबन्धात्मक व्यवस्था पुर्ण रुपमा हटाईएको जनाएको छ ।
साथै यस्ता क्रियाकलाप गर्दा स्वास्थ्य सुरक्षा मापदण्डका पुर्ण पालना गर्न आग्रह गरिएको छ । प्रशासन कार्यालयले कोभिड संक्रमण उच्च रहेका कठिन परिस्थितिमा प्रशासनले जारी गरेका आदेशहरु पालना गरी संक्रमण रोकथाम तथा नियनत्तणमा सहयोग गर्ने सम्पुर्ण सरोकारवाला निकाय तथा आम नागरिकलाई धन्यवाद व्यक्त गरिएको छ ।
समाचार
थप सामाग्रीस्याङ्जा आइसिसी भलिबल कपको उपाधि बिरुवालाई
३ हप्ता अगाडि
वालिङ : स्याङ्जा आइसिसी प्रथम भलिबल कप प्रतियोगिताको उपाधि बिरुवा गाउँपालिले जितेको छ । सोमबार वालिङमा भएको फाइनल खेलमा पुतलीबजार…