कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक ।

काठमाण्डौ:

कक्षा १२ को वार्षिक परीक्षा आगामी जेठ तेस्रो साताबाट सुरु हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डको शुक्रबार बसेको बैठकले कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो।
सोही आधारमा बोर्डले शुक्रबार साँझ परीक्षा तालिकासमेत सार्वजनिक गरेको छ।

परीक्षा समय बिहान ११ बजेदेखि २ बजेसम्म तोकिएको छ। अनलाइनबाट प्रश्नपत्र पठाएर तोकिएका परीक्षा केन्द्रमा नै परीक्षा संचालन गर्ने बोर्डको तयारी छ । गत दुई वर्ष कोभिडका कारण होमसेन्टरमा परीक्षा संचालन गरिएको थियो ।

 

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP