चिनियाँ विदेशमन्त्री वाङ यी तीनदिने भ्रमणका लागि नेपाल आइपुगे ।
काठमाण्डौ:
चिनियाँ विदेशमन्त्री वाङ यी तीनदिने भ्रमणका लागि शुक्रबार नेपाल आइपुगेका छन् । १९ सदस्यीय टोलीसहित वाङ केही बेरअघि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
भारतको नयाँदिल्लीबाट उनी काठमाडौं आइपुगेका हुन् । चिनियाँ विदेशमन्त्री वाङलाई स्वागतका लागि परराष्ट्रमन्त्री नारायण खड्कासहित सरकारी अधिकारीहरु विमानस्थल पुगेका थिए।
मन्त्रीसँगै परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी, शिष्टाचार महापाल दुर्गाबहादुर सुवेदीलगायतको टोली वाङको स्वागतका लागि विमानस्थल पुगेको हो । वाङ अफगानिस्तान, पाकिस्तान र भारतको भ्रमण सम्पन्न गरी नेपाल आएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायत नेताहरूसँग भेट गर्ने कार्यक्रम छ ।भ्रमणको तेस्रो दिन वाङले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने छन् ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


