वालिङमा सिलाइकटाई तालिम शुरु ।

वालिङ:
वालिङमा सिलाई कटाई तालिम शुरु भएको छ । आधिखोला वहुप्राविधिक शिक्षालयको आयोजना तथा दियालो युएनडिपी नेपालको सहजीकरणमा तालिम शुरु भएको हो ।
तालिमको शुभारम्भ कार्यक्रममा बोल्दै वालिङ नगरपालिका वडा नम्वर ६ का अध्यक्ष श्यामकृष्ण श्रेष्ठले घर घरमा सीपयुक्त जनशक्ति हुन आवश्यक रहेको बताउनु भयो । उहाँले भन्नुभयो,सीपयुक्त जनशक्तिले नै आर्थिक संवृद्धि सम्भव छ । तालिम सफलतको शुभकामना राख्दै अध्यक्ष श्रेष्ठले महिलाहरुका लागि सिलाई कटाई तालिम निक्कै उपयोगी हुने बिश्वास व्यक्त गर्नु भयो ।


कार्यक्रममा बोल्दै दियालो संस्थाका अध्यक्ष कविता तिवारीले सिक्ने र सिकाउने बीचको सक्रियताले नै तालिम सफल हुने बताउनु भयो । दियालो संस्थाले बिभिन्न साझेदार संस्थाहरुसँग मिलेर सीपमूलक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, दियालो संस्थाले महिलाहरुलाई सीपयुक्त बनाउन बिभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।
कार्यक्रममा बोल्दै आँधीखोला बहुप्राविधिक शिक्षालयका प्रमुख ईन्जिनियर शरद कोईरालाले स्थानीयको माग र आवश्यक्ताका आधारमा बिभिन्न सीपमूलक तालिम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । छोटो अवधी र लामो अवधीका गरी दुई प्रकारका सीपमूलक तालिम सञ्चालन गरिरहेको भन्दै प्रमुख कोईालाले जुनसुकै सीपमुलक कार्यक्रम सञ्चालनका लागि पनि आफूहरु तयार रहेको स्पष्ट पार्नु भयो ।


कार्यक्रममा आँधीखोला बहुप्राविधिक शिक्षालयका कार्यक्रम संयोजक नवराज पौडेल, लेखापाल अशोक गैह्रे लगायतले बोलेका थिए ।
तीन सय ९० घण्टा अर्थात ६५ दिन सम्म सञ्चालन हुने तालिममा शर्मिला अधिकारी महत तथा चन्द्रकला तिवारीले प्रशिक्षण दिनुहुने जनाईएको छ ।
तालिममा २० जना महिलाहरुको सहभागीता रहेको छ ।

Facebook Comments Box
TOP