फागुन १ गतेदेखि विद्यालय खोल्न सिफारिस,१२ वर्ष भन्दा कम उमेरका विद्यार्थीको हकमा आलोपालो दिनमा सञ्चालन गर्न सुझाव ।
काठमाण्डौ:
सरकारले विद्यालय खोल्ने तयारी गरेको छ । आइतबार बसेको सीसीएमसीसीको बैठकले विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर फागुन १ गतेदेखि खोल्ने भनेर सिफारिस गरेको हो ।
सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले विद्यालय खोल्ने हकमा दुई नियम लागू हुनेगरी सिफारिस भएको बताइन् । ‘विद्यालयको हकमा चाहिँ १२ वर्ष पुरा भएको बालबालिकाको नियमित कक्षा सञ्चालन गर्ने तर १२ वर्ष भन्दा कम उमेरका विद्यार्थीको हकमा चाहिँ आलोपालो दिनमा कक्षा सञ्चालन गर्न सिफारिस भएको छ’, उनले बैठकपछि बताइन् । शैक्षिक संस्था खोल्ने सम्बन्धी यो सिफारिस शिक्षा मन्त्रालयलाई भएको छ।
उनले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जोखिमको अवस्था हेरेर स्मार्ट लकडाउनसम्बन्धी कार्यविधिअनुसार आवश्यक निर्णय गर्न सक्ने पनि बताइन् ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


