सुन खानीमा विस्फोट हुँदा ६० जनाको मृत्यु ।

fire

 

काठमाण्डौ:
अफ्रिकी देश बुर्किना फासोको एउटा सुन खानीमा विस्फोट हुँदा ६० जनाको मृत्यु भएको छ ।

बुर्किना फासोको दक्षिण पश्चिमी गावा शहर नजिकको एउटा गाउँमा रहेको अस्थायी सुन खानीमा सोमबार विस्फोट भएको थियो । विस्फोटमा परेर सो खानीमा काम गर्ने मजदुर तथा कर्मचारीहरु मारिएका समाचारमा जनाइएको छ । सुन खानी आसपासको बजारमा डाइनामाइट भण्डार गरेर राखिएको ठाउँमा आगलागी हुँदा जनधनको ठूलो क्षती भएको हो ।

घटनामा कयौँ घाइते भएका छन् । उनीहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको खबरमा उल्लेख गरिएको छ । घटनाबारे छानबिन थालिएको र शंकास्पद एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  बुर्किना फासो अफ्रिकाको सबैभन्दा बढी सुन उत्पादन गर्ने देश हो ।

 

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP