स्याङ्गजाका २२ सहित गण्डकीका थप १४८ जनामा कोरोना, स्याङ्गजाका ६४ वर्षीय पुरुषको मृत्यु ।
पोखरा:
पछिल्लो २४ घण्टामा स्याङ्गजाका २२ सहित गण्डकीका थप १४८ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ४५२ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
मंगलबार संक्रमण पुष्टि हुनेमा गण्डकीका ११ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ७५ जना, तनहुँका १४ जना, गोरखाका ३ जना, लमजुङका ६ जना र नवलपुरका ५ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै स्याङ्गजाका २२ जना, पर्वतका ५ जना, बाग्लुङका ६ जना, म्याग्दीका १० जना, मुस्ताङका एक जना र मनाङ जिल्लाका एक जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ। आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १ लाख ९४६ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट ५१६ जना संक्रमणमुक्त भएका छन् । योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ९७ हजार एक पुगेको छ। भने, अहिले प्रदेशभर २ हजार ४९३ सक्रिय संक्रमित छन् ।
मंगलबार पनि गण्डकीमा थप ४ जनाको मृत्यु पुष्टि भएको छ। मृत्यु हुनेमा म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका -७ निवासी ६० वर्षीया महिला, पर्वत जिल्ला कुश्मा नगरपालिका -२ निवासी ७० वर्षीय वृद्ध, तनहुँ जिल्ला भिमाद नगरपालिका -५ निवासी ९० वर्षीय वृद्ध र स्याङ्गजा जिल्ला पुतलीबजार नगरपालिका -२ निवासी ६४ वर्षीय पुरुष छन्। योसँगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४५२ पुगेको निर्देशनालयले जनाएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


