बिद्यार्थीलाई स्टेशनरी सामाग्री बितरण गर्दै पुस्तक दिवस मनाइयो
स्याङ्जा :
बसन्त पन्चमी एवं श्री पञ्चमीको अवसरमा मनाउँदै आईएको पुस्तक दिवस नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ स्याङ्जा शाखाले यसवर्ष पनि आर्थिक बिपन्न तथा जेहेन्दार बिद्यार्थीलाई पाठ्यसामाग्री बितरण गरेर मनाएको छ । महासंघले श्रीपंचमी लाई राष्ट्रीय पुस्तक दिवसको रुपमा मनाउन थालेको यो ९ औँ वर्ष हो । यसवर्ष स्याङ्ग्जा शाखाले गल्याङ नगरपालिका वडा नम्बर ६ जिमुवा स्थित गिनचौर स्कुलमा एक कार्यक्रमको आयोजना गरी कापि, कलम सहित बिभिन्न स्टेशनरी सामाग्री बितरण गरिएको युवराज अर्यालले जानकारी दिनुभयो ।

नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महासङ्घका केन्द्रीय सदस्य तथा स्याङ्जा शाखाका निवर्तमान अध्यक्ष किसान श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश सदस्य छायादेवी लुइँटेल, स्याङ्जा शाखा उपाध्यक्ष ध्रुव खनाल, कोषाध्यक्ष धन बहादुर अधिकारी, स्थानीय समाजसेवी भुमापति न्यौपाने लगायतका वक्ताले आ-आफ्नो मन्तव्य राख्नुभएको थियो । भएको मा । जिल्ला शाखा अध्यक्ष रामु लुइँटेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमलाई उपाध्यक्ष ध्रुब खनालले स्वागत मन्तब्य र सचिव दर्वेन्द्रदेव खनालले सञ्चालन गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


