स्याङ्जामा गएरातीबाट सम्पर्क बिहिन जिप दुर्घटनाग्रस्त अवस्थामा भेटियो, दुईको मृत्यु ।

स्याङ्जा,माघ २२ गते :
स्याङ्जाको बिरुवामा भएको जिप दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।
बिरुवा गाँउपालिका वडा नम्वर ३ धोवादीमा ग १ झ ५९३९ नम्बरको बोलेरो जिप सडकबाट झण्डै सय मिटर तल खसेको हो । जिप बिरुवा बजारबाट धवादी तर्फ गएको जिप रातीबाट संपर्क बिहिन भएको र आज बिहान खोजी गर्दा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
दुर्घटनामा परेर जिप चालक विरुवा गाउँपालिका ३ का बर्ष २६ का बेल बहादुर थापा र सहचालक बर्ष ३२ का भेष बहादुर थापाको मृत्यु भएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।
प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP