एमाले स्याङ्जाको अध्यक्षमा मरासिनी र गैह्रे बीच चुनाव हुने, यस्तो छ प्यानल ।

स्याङ्जा :

नेकपा एमाले स्याङ्जाको नेतृत्व चयनका लागि भोलि चुनाव हुने भएको छ । एमाले स्याङ्जाको अध्यक्षमा हालका अध्यक्ष सूर्यप्रसाद गैह्रे (पारस) र संघीय सांसद नारायण प्रसाद मरासिनी बीच समूहगत प्रतिस्पर्धा हुने भएको हो ।
गैह्रे समूहबाट उपाध्यक्षमा कृष्ण खाँण,सचिवमा राजेन्द्र डुम्रे तथा उपसचिवमा सन्तोष केसी र तारा शर्माले उमेद्वारी दर्ता गरेकाछन् ।
त्यस्तै मरासिनी समूहबाट उपाध्यक्षमा महेश पुरी,सचिवमा भूपराज अधिकारी तथा उपसचिवमा बिश्व पौडेल र जीवन पौडेलले उमेद्वारी दिएकाछन् । नयाँ नेतृत्व छान्नका लागि भोलि विहान ८ बजेबाट मतदान गर्ने तयारी गरेको निर्वाचन समितिका यादवराज शर्माले जानकारी दिनुभयो ।
एमाले सचिव तथा गण्डकी प्रदेश ईन्चार्ज पद्मा कुमारी अर्याल निकटको तर्फबाट बर्तमान् अध्यक्ष समेत रहेका सूर्य प्रसाद गैह्रे समूह तथा केन्द्रीय सदस्य खगराज अधिकारी जिल्ला ईन्चार्ज सीता सुन्दास निकटको तर्फबाट नारायण मरासिनी समूह चुनाी प्रतिस्पर्धामा उत्रिएको हो । ।
यसअघि कृष्ण खाँण र बर्तमान् सचिव सुधीरकुमार पौडेलले समेत अध्यक्षमा दावी गरेका थिए । उनीहरुले दावी छाडे पछि दुई जना बीच प्रतिस्पर्धा हुन लागेको हो ।
यो सँगै स्याङ्जा एमालेमा २ धार प्रष्ट देखिएको छ । उद्घाटन पश्चात भएको बैठकमा नारायण मरासिनी र सूर्य प्रसाद गैह्रे बीच माईक खोसाखोसले पनि एमाले स्याङ्जामा तीव्र बिबाद रहेको स्पष्ट देखाएको छ ।
दुवै समूहले प्राय सबै पदमा उमेद्वारी दिएका निर्वाचन समितिले जनाएको छ ।

Facebook Comments Box
TOP