निजी विद्यालय सञ्चालकहरूको सुझाव: माघको अन्तिम सातादेखि भौतिक रूपमा कक्षा सञ्चालन गरौँ ।

काठमाण्डौ:
निजी विद्यालय सञ्चालकहरूले माघको अन्तिम सातादेखि भौतिक रूपमा कक्षा सञ्चालनको व्यवस्था गर्न सरकारलाई सुझाव दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँगको छलफलमा प्याब्सन तथा राष्ट्रिय प्याब्सनका पदाधिकारीले यस्तो सुझाव दिएका हुन् ।
मन्त्री पौडेलले बुधबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेन नेपाल प्याब्सन र बिहीबार राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालसँग शैक्षिक सुधारका विषयमा सुझाव लिएका थिए ।
प्याब्सनले कोराना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनका कारण बन्द विद्यालय खोल्न दिन माग गरेका हुन् । प्याब्सनले खोप लगाइसकेका विद्यार्थीलाई आलोपालो प्रणालीमा भौतिक उपस्थितिमै २३ माघदेखि कक्षा सञ्चालन गर्न दिने व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
प्याब्सन अध्यक्ष टीकाराम पुरीले विद्यार्थीलाई खोप दिने सरकारले भने पनि शिक्षक, कर्मचारीलाई बुस्टर डोज दिनेबारे गम्भीर नभएको गुनासो गरे । देशका सबै विद्यालय बन्द गर्नुको साटो कोभिड प्रभावित क्षेत्र तोकेर अन्य विद्यालयलाई सञ्चालनको वातावरण बनाउन प्याब्सनले सुझाव दिएको छ ।
समाचार
थप सामाग्री-
आमा औसीको अवसरमा बुद्धाश्रममा सामग्री वितरण र गण्डकी कोटिहोममा महायज्ञको उत्साह
-
गण्डकी कोटिहोम महायज्ञ प्रचारका लागि साइकल र्याली सम्पन्न
-
व्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिम ।
-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।

सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
४ हप्ता अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगीको मुद्दा थुनामा पठाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश दिएको…