निजी विद्यालय सञ्चालकहरूको सुझाव: माघको अन्तिम सातादेखि भौतिक रूपमा कक्षा सञ्चालन गरौँ ।
काठमाण्डौ:
निजी विद्यालय सञ्चालकहरूले माघको अन्तिम सातादेखि भौतिक रूपमा कक्षा सञ्चालनको व्यवस्था गर्न सरकारलाई सुझाव दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँगको छलफलमा प्याब्सन तथा राष्ट्रिय प्याब्सनका पदाधिकारीले यस्तो सुझाव दिएका हुन् ।
मन्त्री पौडेलले बुधबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेन नेपाल प्याब्सन र बिहीबार राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालसँग शैक्षिक सुधारका विषयमा सुझाव लिएका थिए ।
प्याब्सनले कोराना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनका कारण बन्द विद्यालय खोल्न दिन माग गरेका हुन् । प्याब्सनले खोप लगाइसकेका विद्यार्थीलाई आलोपालो प्रणालीमा भौतिक उपस्थितिमै २३ माघदेखि कक्षा सञ्चालन गर्न दिने व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
प्याब्सन अध्यक्ष टीकाराम पुरीले विद्यार्थीलाई खोप दिने सरकारले भने पनि शिक्षक, कर्मचारीलाई बुस्टर डोज दिनेबारे गम्भीर नभएको गुनासो गरे । देशका सबै विद्यालय बन्द गर्नुको साटो कोभिड प्रभावित क्षेत्र तोकेर अन्य विद्यालयलाई सञ्चालनको वातावरण बनाउन प्याब्सनले सुझाव दिएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


