एमाले स्याङ्जाको अधिवेशन : बिबाद भए पछि मतगणना शुरु हुन सकेन ।

स्याङ्जा :
नेकपा एमाले स्याङ्जाको नेतृत्व चयनका लागि आज चुनाव सम्पन्न भएको छ । सात सय नौं मतदाता रहेकोमा ६ सय ९८ मत खसेको निर्वाचन समितका यादवराज शर्माले जानकारी दिनुभयो ।
साँझबाट मतगणना शुरु हुने भनिएपनि प्रतिनिधि राख्ने बिषयमा बिबाद भएपछि आजको लागि मतगणना स्थगित गरिएको छ । निर्वाचन समितिले भने आवश्यक बिजुली बत्तिको अभावमा आज मतगणना हुन नसकेको दावी गरेको छ ।
सोमवार साँझ अध्यक्षका प्रत्यासी सूर्य प्रसाद गैह्रे समूह र नारायण प्रसाद मरासिनी समूह बीच बिवाद भएको बताईएको छ । बिवाद बढ्दै गए पछि नारायण मरासिनीका समर्थकले एमाले पार्टी कार्यालय बाहिर नारावाजी समेत गरेका थिए । उनीहरुले पूर्बमन्त्री समेत रहेकी एमाले सचिव पद्मा कुमारी अर्यालले एकलौटी प्रतिनिधी राख्न खोजेको आरोप लगाएकाछन् । प्रहरीले नारावाजी गर्न समूहलाई तितरवितर पारेको भएपनि निर्वाचन समितिले भोलि बिहान ८ बजेबाट मतगणना गर्ने निर्णय गरेको हो ।नेताहरुको सहमतीका आधारमा निर्वाचन समितिले त्यस्तो निर्णय गरेको हो ।
एमालेको जिल्ला अधिवेशन अन्तर्गत उपाध्यक्ष बाहेक सबै पदमा प्यानलगत प्रतिस्पर्धा भएको हो । उपाध्यक्षमा भने कृष्ण खाँण नीर्विरोध निर्वाचित भईसक्नु भएको छ ।
एमाले सचिव तथा गण्डकी प्रदेश ईन्चार्ज पद्मा कुमारी अर्याल निकटको तर्फबाट बर्तमान् अध्यक्ष समेत रहेका सूर्य प्रसाद गैह्रे समूह तथा केन्द्रीय सदस्य खगराज अधिकारी जिल्ला ईन्चार्ज सीता सुन्दास निकटको तर्फबाट नारायण मरासिनी समूह चुनावी प्रतिस्पर्धामा उत्रिएको छ ।
गैह्रे समूहबाट सचिवमा राजेन्द्र डुम्रे तथा उपसचिवमा सन्तोष केसी र तारा शर्माले उमेद्वारी दर्ता गरेकाछन् ।
त्यस्तै मरासिनी समूहबाट सचिवमा भूपराज अधिकारी तथा उपसचिवमा बिश्व पौडेल र जीवन पौडेलले उमेद्वारी दिएकाछन् ।
यो सँगै स्याङ्जा एमालेमा २ धार प्रष्ट देखिएको छ ।

Facebook Comments Box
TOP