अफगानिस्तानमा भूकम्प: २६ जनाको मृत्यु ।

काठमाण्डौ:
अफगानिस्तानमा भूकम्प जाँदा २६ जनाको मृत्यु भएको छ ।
भूकम्पमा परि ज्यान गुमाउनेमा पाँच जना महिला र चार जना बालबालिकासमेत रहेका अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । तुर्केमिनिस्तानसँगको सीमा क्षेत्रमा पर्ने पश्चिमी प्रान्त बडघिसमा हिजो ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पका कारण कयौँ घर भत्किएका छन् । ज्यान गुमाउनेमा धेरैजसो घर भत्किएर पुरिएकाहरु रहेका खबरमा उल्लेख छ ।
त्यहाँको आपत्कालीन सञ्चालन केन्द्रले भूकम्पका कारण सात सयभन्दा धेरै घर भत्किएको जनाएको छ । भूकम्प पछि वर्षा भइरहेकाले उद्धारमा कठिनाइ भएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
प्रदेशकै उत्कृष्ट बन्याे स्याङ्जाकाे कालीगण्डकी गाउँपालिका
४ दिन अगाडि
वालिङ १ फागुन कार्यसम्पादनको मुल्यांकनको आधारमा स्याङ्जाका तीन गाउँपालिका गण्डकी प्रदेशकै उत्कृष्ट भएका छन् । ११ स्थानीय तह रहेको जिल्लाको…