सन २०२२ को अन्त्यसम्ममा कोरोना अन्त्य हुने डब्लूएचओको दावी ।
काठमाण्डौ:
करिब २ वर्षदेखि कोभिड–१९ ले विश्वव्यापी रुपमा आतंक फैलाउँदै आएको छ ।
तर कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले कोभिड–१९ महामारीलाई नयाँ चरणमा प्रवेश गरेको र अब छिट्टै नै सो महामारी अन्त्य हुने विश्वास विश्व स्वास्थ्य संगठनका युरोप निर्देशक डा. हान्स क्लुगलको दावी छ ।
ओमिक्रोनले युरोपलाई महामारी अन्त्यको दिशातर्फ लगेको उहाँले अन्तर्राष्ट्रिय समाचार एजेन्सी एफपीसँग यस्तो बताउनु भएको हो । उहाँले मार्च भित्रमा ओमिक्रोनबाट ६० प्रतिशत युरोपेली संक्रमित हुने बताउनु भयो ।सम्पूर्ण युरोपलाई ढाकेको ओमिक्रोन केही महिनापछि शान्त हुने उहाँको भनाइ छ । त्यस्तै खोपका कारण विश्वव्यापी रुपमा मानिसहरुको रोग प्रतिरोधात्मक क्षमता बढेको उहाँले बताउनु भयो । तर, यस वर्षको अन्त्यसम्ममा विश्व शान्त बन्ने विश्व स्वास्थ्य संगठनका युरोप निर्देशक डा. हान्स क्लुगले बताउनु भएको हो । त्यस्तै अमेरिकाका वरिष्ठ वैज्ञानिक एन्थोनी फाउसीले पनि कोभिड संक्रमण विस्तारै विश्वबाटै घट्दै जाने विश्वास गर्नु भएको छ ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


