सन २०२२ को अन्त्यसम्ममा कोरोना अन्त्य हुने डब्लूएचओको दावी ।
काठमाण्डौ:
करिब २ वर्षदेखि कोभिड–१९ ले विश्वव्यापी रुपमा आतंक फैलाउँदै आएको छ ।
तर कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले कोभिड–१९ महामारीलाई नयाँ चरणमा प्रवेश गरेको र अब छिट्टै नै सो महामारी अन्त्य हुने विश्वास विश्व स्वास्थ्य संगठनका युरोप निर्देशक डा. हान्स क्लुगलको दावी छ ।
ओमिक्रोनले युरोपलाई महामारी अन्त्यको दिशातर्फ लगेको उहाँले अन्तर्राष्ट्रिय समाचार एजेन्सी एफपीसँग यस्तो बताउनु भएको हो । उहाँले मार्च भित्रमा ओमिक्रोनबाट ६० प्रतिशत युरोपेली संक्रमित हुने बताउनु भयो ।सम्पूर्ण युरोपलाई ढाकेको ओमिक्रोन केही महिनापछि शान्त हुने उहाँको भनाइ छ । त्यस्तै खोपका कारण विश्वव्यापी रुपमा मानिसहरुको रोग प्रतिरोधात्मक क्षमता बढेको उहाँले बताउनु भयो । तर, यस वर्षको अन्त्यसम्ममा विश्व शान्त बन्ने विश्व स्वास्थ्य संगठनका युरोप निर्देशक डा. हान्स क्लुगले बताउनु भएको हो । त्यस्तै अमेरिकाका वरिष्ठ वैज्ञानिक एन्थोनी फाउसीले पनि कोभिड संक्रमण विस्तारै विश्वबाटै घट्दै जाने विश्वास गर्नु भएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


