नयाँ वर्ष २०२२ को अवसरमा ८७४ कार जलाइए ।
एपि:
फ्रान्समा नयाँ वर्ष २०२२ को अवसरमा ८७४ कार जलाइएका छन्।
शुक्रबारमात्रै ८७४ कार जलाइएको बिबिसीले जनाएको छ। फ्रान्सेली गृह मन्त्रालयका अनुसार यो संख्या सन् २०१९को भन्दा निकै कम हो।
फ्रान्समा नयाँ वर्षको पूर्वसन्ध्या कारहरू जलाउनु परम्पराजस्तै बनेको छ। यसरी कारहरू जलाएपछि उनीहरूलाई रोक्ने र निगरानीमा राखेर पक्राउ गर्ने काम पनि भइरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्।
अघिल्लो वर्ष कोभिड-१९ को महामारीका कारण लगाइएको कर्फ्युका कारण यस्ता घटना बाहिरिएका थिएनन्। तर यो वर्ष पुनस् कारहरू जलाएको घटना बाहिरिएको हो।
सन् २००५मा भएको एक दंगा पछि फ्रान्सका सहरहरूमा कार जलाउनु वार्षिक घटनाजस्तै बनेको छ। कुनै समूहले गरेको अपराध लुकाउन र बीमाको नक्कली दाबी गर्न पनि यसरी कारहरू जलाउने गरिन्थ्यो। तर त्यहाँ पछिल्लो समय नयाँ वर्षलाई स्वागत गर्न भन्दै कारहरू जलाउन थालिएको हो। नयाँ वर्षको सुरक्षाको लागि ९५ हजार प्रहरी र थुप्रै दमकल तैनाथ गरिएको थियो।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


