३५ बर्षीय युवा नेता राष्ट्रपतिमा निर्वाचित ।

काठमाडौँ:
दक्षिण अमेरिकी मुलुक चिलीको राष्ट्रपतिमा ३५ बर्षीय गेब्रियल बोरिक निर्वाचित भएका छन् ।

आफ्ना निकटतम प्रतिद्वन्दी जोसे एन्टोनियो कास्टलाई पराजित गर्दै बोरिक राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।हिजो भएको राष्ट्रपतीय चुनावमा बोरिकले ५६ प्रतिशत मत प्राप्त गर्दा कास्टको पक्षमा ४४ प्रतिशत मात्रै मत परेको थियो ।

चिलीमा सरकार बिरुद्ध भएको ब्यापक प्रदर्शनपछि राष्ट्रपतिय पदको निर्वाचन भएको हो । बोरिक बिश्वकै कान्छो राष्ट्रपति मध्येको एक भएको बताइएको छ ।

Facebook Comments Box
TOP