वालिङ बहुमुखी क्याम्पसको ४२ औँ वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रम
वालिङ :
स्याङजाको वालिङमा रहेको वालिङ बहुमुखी क्याम्पसले विविध कार्यक्रम सहित ४२ औँ वार्षिकोत्सव मनाउने भएको छ । गण्डकी प्रदेशकै पुरानो क्याम्पस वालिङ बहुमुखी क्याम्पसले मङ्गलबार क्याम्पस सभाहलमा पत्रकार सम्मेलन गरी २८ गतेदेखि पौष ४ गतेसम्म विविध कार्यक्रम सहित वार्षिकोत्सव मनाउने जानकारी गराइएको हो ।
वार्षिकोत्सवका अवसरमा मंसिर २८ गतेदेखि पौष १ गतेसम्म छात्र/छात्रा भलिबल प्रतियोगिता, सरसफाई कार्यक्रम, २९ गते अन्तर क्याम्पस अन्तरक्रिया र वक्तृत्वकला कार्यक्रम गरिने छ । यसैगरी पौष १ देखि ३ गतेसम्म हाजिरी जवाफ प्रतियोगिता, लगायतका खेलकुदसँग सम्बन्धित कार्यक्रमहरु सञ्चालन गरिने छ भने पौष ४ गते साँस्कृतिक कार्यक्रम सहित समापन कार्यक्रम रहेको क्याम्पस प्रमुख सचितानन्द यादवले जानकारी गराउनुभयो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष हुमकान्त कोइरालाको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख सच्चिदानन्द यादव स्वागत सहित कार्यक्रमको जानकारी गराउनु भएको थियो भने सहायक क्याम्पस प्रमुख भीमप्रसाद पँगेनीले सञ्चालन गर्नुभएको थियो । २०३७ सालमा स्थापना भएको क्याम्पसमा अहिले १६ सय ५५ जना विद्यार्थी अध्यनरत छन । साथै वालिङ बहुुमुखी क्याम्पस विश्व विद्यालय अनुदान आयोगबाट सुनिश्चिता तथा प्रत्यायनकृत क्यूएए भएको क्याम्पस हो
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


