वालिङ बहुमुखी क्याम्पसको ४२ औँ वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रम

वालिङ :
स्याङजाको वालिङमा रहेको वालिङ बहुमुखी क्याम्पसले विविध कार्यक्रम सहित ४२ औँ वार्षिकोत्सव मनाउने भएको छ । गण्डकी प्रदेशकै पुरानो क्याम्पस वालिङ बहुमुखी क्याम्पसले मङ्गलबार क्याम्पस सभाहलमा पत्रकार सम्मेलन गरी २८ गतेदेखि पौष ४ गतेसम्म विविध कार्यक्रम सहित वार्षिकोत्सव मनाउने जानकारी गराइएको हो ।
वार्षिकोत्सवका अवसरमा मंसिर २८ गतेदेखि पौष १ गतेसम्म छात्र/छात्रा भलिबल प्रतियोगिता, सरसफाई कार्यक्रम, २९ गते अन्तर क्याम्पस अन्तरक्रिया र वक्तृत्वकला कार्यक्रम गरिने छ । यसैगरी पौष १ देखि ३ गतेसम्म हाजिरी जवाफ प्रतियोगिता, लगायतका खेलकुदसँग सम्बन्धित कार्यक्रमहरु सञ्चालन गरिने छ भने पौष ४ गते साँस्कृतिक कार्यक्रम सहित समापन कार्यक्रम रहेको क्याम्पस प्रमुख सचितानन्द यादवले जानकारी गराउनुभयो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष हुमकान्त कोइरालाको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख सच्चिदानन्द यादव स्वागत सहित कार्यक्रमको जानकारी गराउनु भएको थियो भने सहायक क्याम्पस प्रमुख भीमप्रसाद पँगेनीले सञ्चालन गर्नुभएको थियो । २०३७ सालमा स्थापना भएको क्याम्पसमा अहिले १६ सय ५५ जना विद्यार्थी अध्यनरत छन । साथै वालिङ बहुुमुखी क्याम्पस विश्व विद्यालय अनुदान आयोगबाट सुनिश्चिता तथा प्रत्यायनकृत क्यूएए भएको क्याम्पस हो
समाचार
थप सामाग्री-
आमा औसीको अवसरमा बुद्धाश्रममा सामग्री वितरण र गण्डकी कोटिहोममा महायज्ञको उत्साह
-
गण्डकी कोटिहोम महायज्ञ प्रचारका लागि साइकल र्याली सम्पन्न
-
व्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिम ।
-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।

सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
४ हप्ता अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगीको मुद्दा थुनामा पठाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश दिएको…