बर्तमान् गठबन्धन सरकार चुनावको घोषणासँगै टुट्छ : एमाले सचिव अर्याल

वालिङ :
नेकपा एमाले केन्द्रीय सचिव एवं गण्डकी प्रदेश इन्चार्ज पद्मा कुमारी अर्यालले बर्तमान् गठबन्धनको सरकार नयाँ निर्वाचनको घोषणा संगै टुट्ने बताउनु भएको छ । निहित स्वार्थ र उद्देश्यका साथ बनेको गठबन्धन धेरै लामो समय सम्म जान नसक्ने भन्दै नेतृ अर्यालले एमालेलाई हराउनैका लागि गरिएको गठबन्धन आफै टुट्ने र तहसनहस हुने ठोकुवा गर्नु भयो ।
स्याङ्जाको वालिङमा नेकपा (एमाले) वालिङ नगर कमिटी द्वारा आयोजित बधाई, अभिनन्दन तथा प्रशिक्षण कार्यक्रममा बोल्दै पूर्व मन्त्री एवं एमाले नेतृ अर्यालले एमालेलाई कसैले हराउन नसक्ने जिकिर गर्नुभयो ।
कार्यक्रममा बोल्दै अर्यालले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेयर बजारका बारेमा विना अध्ययन गरेको टिप्पणीले शेयर बजार धरापमा परेको बताउनु भयो ।
अर्यालले भन्नुभयो, “शेयर बजारका बारेमा नबुझि होचुवाका भरमा सरकारमा सहभागि दलका नेताको टिप्पणीले लगानी कर्ताको बिचल्लि हुने अवस्था आएको छ, यो राम्रो भएन राजनीति गर्ने व्याक्तिले होचुवाको भरमा बोल्दा त्यसको नकरात्मक प्रभावले पार्ने असरको जिम्मा कस्ले लिन्छ ।”


नयाँ जनगणनामा लिपुलेक र लिम्पिया धुरामा जनगणना गर्न नसक्नु र त्यहाँको जनगणनाका लागि भारतलाई सोधनुपर्छ भन्ने कुराबाटै सरकारको राष्ट्रवाद उदाङ्गिएको र महाकालिमा तुइनकाटेर आफ्नो नागरिकलाई भारतिय सुरक्षा कर्मीले महाकालिमा बगाइदिदा समेत सम्बन्धित पक्ष संग कुरा गर्न नसक्ने सरकारबाट जनताले आफ्नो सुरक्षा सरकाले गर्छ भनेर कसरि आसा गर्नु, अर्यालको भनाइ थियो ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्यहरु सीता सुन्दास, सीमा क्षेत्री, किशोर बिक्रम मल्ल गण्डकी प्रदेश कमिटी उपाध्यक्ष मोहन रेग्मी एमाले जिल्ला अध्यक्ष सुर्यप्रसाद गैरे (पारस) , पुतलीबार नगर कमिटी अध्यक्ष भरत गोदार, भीरकोट नगर कमिटी अध्यक्ष विश्वनाथ अर्याल, अनेरास्ववियु जिल्ला संयोजक सगुन राना, मञ्जु केसी लगायतले बोल्नुभएको थियो । कार्यक्रममा जिल्लाबाट पार्टीको दशौं महाधिवेशनमा पदाधिकारीका साथै केन्द्रीय कमिटीमा विजयी हुनुभएका नेताहरुलाई सम्मान समेत गरिएको थियो । एमाले सचिव एवं गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्याल, केन्द्रीय सदस्य त्रय सीता सुन्दास, सीमा क्षेत्री र किशोर बिक्रम मल्ल गण्डकी प्रदेश कमिटी उपाध्यक्ष मोहन रेग्मी प्रेस चौतारी केन्द्रीय सदस्य हिमलाल पराजुलीलाई सम्मान गरिएको थियो ।
नगर कमिटी उपाध्यक्ष श्यामकृष्ण श्रेष्ठको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रम वालिङ नगर कमिटीका अध्यक्ष शोभाकान्त पौडेलको अध्यक्षता र सचिव यामकान्त खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।

Facebook Comments Box
TOP