पोषण सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

वालिङ :
मातृशिशु तथा बाल्यकालिन पोषण र स्वास्थ्य सम्वन्धी दु्रत लेखाजोखा बारे अभिमुखीकरण कार्यक्रम वालिङमा सम्पन्न भएको छ ।
अभिमुखीकरण कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख बशुन्धरा शर्माले मातृशिशु तथा बाल्यकालिन पोषणका बारेमा निक्कै परिवर्तन आएको बताउनु भएको छ । उहाँले भन्नुभयो,‘पछिल्लो समय मातृशिशुको स्वास्थ्य राम्रो हुँदै गएको भने मातृ मृत्युदर र शिशु मृत्यदर कम भएको छ ।’ स्वास्थ्य प्रमुख शर्माले स्वास्थ सम्वन्धी सोचमा सकारात्मक परिवर्तन ल्याउन सुआहारा परियोजनाले महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो ।


कार्यक्रममा सुआहारा परियोजनाका बरिस्ठ अपरेसन तथा फिल्ड व्यवस्थापन निर्देशक ब्रह्मधोज गुरुङले सरकारको स्वास्थ्य र पोषण सम्वन्धी क्रियाकलापमा सहयोग गर्न नै परियोजना सञ्चालन भएको बताउनु भयो । स्थानीय साझेदार दियालो संस्थाले सुआहारा परियोजना सफलता पूर्बक सञ्चालन गरिरहेको आफूले पाएको बताउनु भयो ।
कार्यक्रममा सुआहारा गण्डकी प्रदेश प्रमुख याम बहादुर जिसीले गण्डकी प्रदेशमा मातृ शिशुको अवस्था, स्याङ्जा जिल्लामा भईरहेका गतिविधि लगायतका बारेमा जानकारी राख्नु भएको थियो ।
कार्यक्रममा बोल्दै दियालो संस्थाका अध्यक्ष कविता तिवारी गैह्रेले सुआहारा परियोजनाले स्वास्थ्य सम्वन्धी सोचमा निक्कै परिवर्तन ल्याएको बताउनु भयो । साझेदारीमा कार्यक्रम गर्न पाउदा आफूहरु निक्कै खुसी रहेको अध्यक्ष तिवारीको भनाई छ ।
कार्यक्रममा वालिङ नगरपालिकाका स्वास्थ्य संयोजक कमल प्रसाद पाण्डे लगायतले बोलेका थिए । कार्यक्रम दुई दिन सम्म सञ्चालन भएको थियो ।
युएसएआईडीको सहयोगमा सञ्चालित सुआहारा परियोजना दोस्रो स्याङ्जामा दियालो संस्थाले सञ्चालन गरिरहेको छ ।

 

 

Facebook Comments Box
TOP