वायु प्रदूषणको कारण विद्यालय अनिश्चितकालका लागि बन्द ।
काठमाडौँ:
भारतको राजधानी नयाँ दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ ।
दिल्ली सरकारले भोलि (शुक्रबार)देखि अर्को सूचना जारी नभएसम्मका लागि सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो । बिहीबार दिल्लीका वातावरण मन्त्री गोपाल रायले शहरको वायु प्रदूषण खराब बन्दै गएपछि सबै विद्यालय बन्द गरिने बताएका हुन् ।
भारतको सर्वोच्च अदालतले बिग्रँदो वायु प्रदूषणबीच बालबालिकाका लागि भौतिक कक्षा सञ्चालन गर्ने केजरीवाल नेतृत्व सरकारको आलोचना गरेपछि शुक्रबारदेखि सबै विद्यायल बन्द गरिन लागिएको हो । यस्तो प्रदूषण बढेको बेला किन विद्यालय खोलेको भन्दै दिल्ली सरकारमाथि प्रश्न उठाएको थियो । अदालतले केन्द्र सरकारलाई २४ घण्टाभित्र वायु प्रदूषण नियन्त्रणसम्बन्धी योजना ल्याएर कार्यान्वयन गर्न समेत भनेको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


