प्याब्सन स्याङ्जाको अध्यक्षमा मेघराज गैह्रे निर्वाचित ।

स्याङ्जा :
नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) स्याङ्जाको अध्यक्षमा मेघराज गैह्रे निर्विरोध निर्वाचित हुनुभएको छ ।
१४ औं जिल्ला अधिवेशनले वालिङको पाइनियज एजुकेशन एकेडमीका प्रिन्सिपल गैह्रेको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति सहमतिको आधारमा चयन गरेको हो ।
नवगठित समतिको वरिष्ठ उपाध्यक्षमा शिशु निकेतन मा. वि. स्याङ्जाका सहायक प्रिन्सिपल राजेन्द्र बहादुर गोदार, उपाध्यक्षमा बुद्ध मेमोरियल मा.वि. बयरघारीका सहायक प्रिन्सिपल माधब गैह्रे,सचिवमा स्याङ्जा मा.वि.,स्याङ्जाका प्रिन्सिपल लेखनाथ रेग्मी, सहसचिवमा बालज्योती मा.वि बयरघारीका प्रिन्सिपल रेशम देवकोटा, कोषाध्यक्षमा हिमालयन मा.वि. स्याङ्जाका प्रिन्सिपल हरी प्रसाद अर्याल, सह कोषाध्यक्षमा जीवनज्योती मा.वि बायाँटारीका प्रिन्सिपल यामबहादुर जि.सी (सुनिल) लगायत रहेकाछन् ।
यसैगरी अधिवेशनले निवर्तमान अध्यक्ष एवं भू.पु सैनिक मा.वि. वालिङका प्रिन्सिपल पूर्णबहादुर गुरुङको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको प्याब्सनका केन्द्रीय सदस्य एवं निर्वाचन समिति संयोजक अमृत अर्यालले जानकारी दिनुभयो ।

यसअघि अधिवेशनको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दे केन्द्रीय सदस्य अमृत अर्यालले राज्यको निजी बिद्यालयलाई हेर्ने दृष्ट्रिकोण सकारात्मक नभएको बताउनु भयो । एउटै देशका नागरिकबीच राज्यले बिभेद गरेको उहाँको भनाई छ ।
सरकारी बिद्यालयमा राज्यले सौतेलो ब्यवहार गरेको उहाँको दावी छ । सरकारी बिद्यालयमा राज्यले गरेको लगानी भन्दा धेरै कममा निजी बिद्यालयले गुणस्तरीय शिक्षा दिइरहदा पनि राज्यले सधैंभरी निजी बिद्यालयलाई उपेक्षा गरेको उहाँले बताउनु भयो ।

तस्वीर : भवानी अधिकारी/स्याङ्जा

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव गुरु भट्टराई, नेकपा एकिकृत समाजवादीका नगर अध्यक्ष श्री गुरुङ, जनता समाववादीका पमनारायण अर्याल, प्याब्सनका पूर्व वरिष्ठ उपाध्यक्ष पुष्पराज बराल, सल्लाहकार बुद्धिसागर त्रिपाठी र कुमार राना, नेपाल शिक्षक संघका नगर सभापति शिवप्रसाद तिमिल्सिना, पत्रकार महासंघका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा लगायतले निजी बिद्यालयलाई पनि राज्यले समान ब्यवहार गर्नुपर्नेमा जोड दिए ।
प्याब्सन जिल्ला अध्यक्ष पूर्णबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष धु्रवबन्धु पौडेलले स्वागत एवं सचिव राजेन्द्र गोदारले संचालन गर्नु भएको थियो ।
यसैगरी, सोही कार्यक्रममा हाल आधीखोला गाउपालिकामा कालिका आवासिय माविका संस्थापक टिकाराम ढकाल र गल्याङ नगरपालिका स्थित चिराग आवासिय माविका संस्थापक कोमलनाथ शर्मालाई सम्मान गरिएको छ ।
स्याङ्जामा ८४ वटा निजी बिद्यालयमा प्याब्सनमा आवद्ध छन् ।

Facebook Comments Box
TOP