म्यानमारमा सेनाद्वारा शृंखलाबद्ध रुपमा सर्वसाधारणको नरसंहार ।
काठमाडौँ
म्यानमारमा सेनाले शृंखलाबद्ध ढंगले सर्वसाधारणको नरसंहार गरेको विवरण सार्वजनिक भएका छन् । जुलाईमा मात्र कम्तिमा ४० सर्वसाधारणको हत्या भएको बीबीसीले जनाइएको छ ।
प्रत्यक्षदर्शी र यस घटनाबाट बचेका मानिसहरुका अनुसार सैनिकले अलग–अलग समूहमा विभाजन गरेर हत्या गरेको हो । घटनाको भिडियो फुटेज र तस्वीरमा पीडितको हत्या गनुअघि उनीहरुलाई एकदमै प्रताडित गरिएको देखिएको छ । उनीहरुलाई सामुहिक चिहानमा गाडिएको समाचारमा उल्लेख छ ।
उनीहरुको हत्या विपक्षीको गढ मानिएको म्यानमारको कानी क्षेत्रका विभिन्न चार स्थानमा गरिएको थियो ।गत फेब्रुअरीमा आङ सान सूचीको नेतृत्व गरेको लोकतान्त्रिक सरकारलाई सेनाले कब्जामा लिएपछि त्यहाँका स्थानीयले विरोध गर्दै आइरहेका छन् । सेनाविरुद्धको आन्दोलनमा अहिलेसम्म १ हजार भन्दा बढी मनिसको मृत्यु भइसकेको छ ।
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


