गण्डकी प्रदेशका नवनिर्वाचित दुबै उपसभापति स्याङ्जाका ।
स्याङ्जा :
नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तर्गत गण्डकी प्रदेशले नयाँ नेतृत्व पाएको छ । संस्थापन पक्ष प्रधानमन्त्री शेर बहादुर देउवा र पौडेल कोईराला पक्ष बिच प्यानल नै बनाएर प्रतिस्पर्धा गरेका थिए ।
सभापतिमा शुक्रराज शर्मा बिजयी हुनु भएको छ । पदाधिकारीमा एक जना बाहेक सबै पौडेल कोईराला पक्षका छन् ।
उपसभापतिमा अर्जुन जोसी प्यानलबाट बिजयी भएका एक मात्र पदाधिकारी स्याङ्जाका मेखलाल श्रेष्ठ हुनुहुन्छ । अर्काे तर्फ सबै भन्दा धेरै मत ल्याई बिजयी हुनु भएको कल्पना तिवारी पनि स्याङ्जा कै हुनु हुन्छ । तिवारी शर्मा प्यानलबाट चुनाव लड्नु भएको हो ।
श्रेष्ठ गण्डकी प्रदेश सरकारका बहालवाला मन्त्री रहनुभएको छ भने तिवारी वालिङ नगरपालिकाका उपप्रमुख रहनु भएको छ ।
फरक फरक प्यानलबाट चुनाव लडेका दुवै जनाले उपसभापतिमा बिजयी भएका हुन् ।
समाचार
थप सामाग्री-
स्याङ्जा नागरिकता किर्ते प्रकरण : प्रशासकीय अधिकृतसहित तीन कर्मचारी र एक जना पुर्पक्षका लागि कारागार चलान
-
भीरकोटमा ‘एक स्वास्थ्य’ अवधारणा व्यवहारमा उतार्ने प्रतिबद्धता, ५ बुँदे सामूहिक प्रतिज्ञा ।
-
स्याङ्जाकी आयुष्मा काफ्लेले राष्ट्रिय वक्तृत्वकलामा सयजनालाई पछि पार्दै चौथो स्थान हासिल ।
-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
२ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको वालिङस्थित सिद्धार्थ राजमार्गमा प्रहरीले गरेको विशेष चेकजाँचका क्रममा ठूलो परिमाणको नियन्त्रित लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।…


