बिरुवा गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज सुबेदीको बिदाइ ।

स्याङ्जा :

बिरुवा गाउपालिका स्याङ्जाले आज एक कार्यक्रम बिच प्रमुख प्रशाकीय अधिकृत कुलराज सुबेदीको बिदाइ गरेको छ । सुवेदी बिगत २ बर्ष देखि गाउपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत हुनुहुन्थ्यो । गाउपालिकाका अध्यक्ष चुनप्रशाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन प्रशासन शाखा प्रमुख श्रीराम वाग्लेले गर्नुभएको थियो । कार्यक्रममा गाउपालिका उपाध्यक्ष देबिकुमारी थापा , शिक्षा शाखा प्रमुख जीबलाल भुसाल , बिरुवा प्रहरी चौकिका इन्चार्ज प्रेम बहादुर चन्द लगायतले मन्तब्य राख्नुभएको थियो ।

गाउपालिकाका अध्यक्ष चुनप्रशाद शर्माले २५ महिना सम्मको प्रशासकीय अधिकृत सुवेदी सँगको सहकार्य सम्झन लायक रहेको बताउनुभयो । उहाँले सुवेदी मृदुभासी , समश्या समाधान गर्न सक्ने , नेतृत्व क्षमता भएको र आफ्नो जिम्मेवारी प्रती इमान्दार रहेको पनि बताउनु भयो ।

उपाध्यक्ष देबिकुमारी थापाले एउटा असल प्रशासकको बिदाइ गर्नु पर्दा आफुलाइ दुख लागेको बताउनु भयो । शिक्षा शाखा प्रमुख जिबलाल भुसालले सुबेदीले सबै कर्मचारिको असल अभिभावकको भुमिका निभाउनु भएको र उहासँगको सहकार्यमा आफुले धेरै कुरा सिक्न पाएको बताउनु भयो ।

कार्यक्रमम सहभागीहरुले उहाँको आगामी कार्यकालको सफलताको सुभकामना समेत ब्यक्त गर्नु भएको थियो ।

गल्याङ नगरपालिका ६ पिडिखोला निबासी सुवेदी २०७६ कार्तिक देखि बिरुवा गाउपालिकामा कार्यरत हुनुहुन्थ्यो । कुशल प्रशासकको रुपमा परिचित सुबेदिको नेतृत्वमा बिरुवा गाउपालिकाले शिक्षा , स्वास्थ्य तथा पुर्बाधार क्षत्रको बिकासमा महत्वपूर्ण उपलब्धी हासिल गरेको पालिकाले जनाएकाे छ । सुबेदीको गृहमन्त्रालय काठमाण्डाै‌ सरुवा भएको हो ।

Facebook Comments Box
TOP