हेलिकप्टर दुर्घटनामा भारतका चिफ अफ डिफेन्स स्टाफ बिपिन रावतकाे निधन
काठमाण्डाै : भारतका पहिलाे चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) का जनरल बिपिन रावतकाे निधन भएकाे छ ।
तमिलनाडुमा भएकाे हेलिकप्टर दुर्घटनामा जनरल रावत र उहाँकी पत्नी मधुलिकाकाे निधन भएकाे हाे ।
भारतीय वायु सेनाले ट्वीट गर्दै यसकाे जानकारी दिएकाे हाे । दुर्घटनाग्रस्त हेलिकप्टरमा १४ जना सवार रहेकामा १३ जनाकाे ज्यान गएकाे हाे । सीडीएस बिपिन रावत सवार हेलिकप्टर तमिलनाडुकाे कुन्नूरमा दुर्घटना भएकाे थियाे । दुर्घटनामा घाइते भएका एक जनाकाे उपचार भइरहेकाे छ ।
भारतीय वायु सेनाका अनुसार याे एमआई-१७बी ५ हेलिकप्टर थियाे । यसमा दुई वटा इन्जिन हुन्छ र यसलाई सुरक्षित मानिन्छ ।
रक्षा मन्त्री राजनाथ सिंहले आज दिउँसाे नै बिपिन रावतकाे घर पुगेर उहाँकाे परिवारसँग भेट गर्नुभएकाे थियाे । त्यसपछि सेनाध्यक्ष मनाेज मुकुन्द नरवणे पनि बिपिन रावतकाे घु पुग्नुभएकाे थियाे ।
जनरल रावत सन् २०२० काे जनवरी १ मा देशकाे पहिलाे चिफ डिफेन्स अफ स्टाफ नियुक्त हुनुभएकाे थियाे ।
याे हेलिकप्टर दुर्घटनाकाे कारण पत्ता लगाउनका लागि जाँचकाे आदेश दिइएकाे वायु सेनाले जनाएकाे छ ।
जनरल रावत यसअघि भारतीय सेनाकाे प्रमुख भइसक्नुभएकाे थियाे । उहाँ सन् २०१६ डिसेम्बर ३१ तारिखदेखि २०१७ जनवरीसम्म भारतका २६ औँ सेना प्रमुख रहनुभएकाे थियाे । उज्यालो अनलाईनबाट
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


