स्याङ्जाका सिडिओे पौडेलको सक्रियतामा राजमार्गको पुननिर्माण र संरक्षण गरिदै ।

श्रीकृष्ण सिग्देल/स्याङ्जा :

जिल्ला प्रशासन कार्यालयकोे पहलमा सिद्धार्थ राजमार्ग संरक्षणमा स्याङ्जावासी जुट्ने भएको छ । बर्षाद र बेमौसमी बर्षादका कारण सडकमा क्षती भएपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले यो अभियानको थालनी गरेको हो । जिल्ला प्रशासन कार्यालय स्याङ्जामा भर्खरै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले समन्वय गरी राष्ट्रिय राजमार्ग बचाउमा सबै जुट्न अभियानको शुरुवात गरेका हुन् । स्याङ्जा जिल्ला भित्र करिव ८० किलोमिटर रहेको सिद्धार्थ राजमार्ग संरक्षण गर्नुपर्ने देखेपछि प्रजिअले यो अभियान चलाउन लागेका हुन् ।
सडक डिभिजन कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी, नेपाली सेना, जिल्लाका ११ वटै पालिका र जिल्ला स्थित विभिन्न सामाजिक संघसंस्थाको सहभागितामा भएको बैठकले कात्र्तिक १७ गते राजमार्गमा भएका खाल्डाखुल्डी पुर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । राजमार्गले छोएका पालिकाहरुले आ—आफ्ना क्षेत्रभित्रपर्ने राजमार्गलाई सरसफाई देखि राजमार्गमा देखिएका खाल्डाखुल्डी पुर्न परिचालित हुने निर्णय भएको छ । देशकै पुरानो र तराई पहाड जोड्ने सिद्धार्थ राजमार्ग संरक्षणको अभावमा जिर्ण बन्दै गएको छ । राजमार्गबाट शाखा सडक खोल्दा आवातजावतमा समेत सवारी साधनलाई समस्या हुदै आएको छ । अर्को तर्फ दुर्घट्ना पनि हुदै आएका छन् ।
यसलाई मध्य नजर गरेर प्रजिअ पौडेलले राजमार्ग संरक्षण गर्नु हामी सबैको दायीत्व भएकाले सबै स्याङ्जावासी र पालिकाहरुलाई आग्रह गरेका छन् । सोमवार बसेको जिल्ला स्थित समन्वय बैठकले सडक बचाउ अभियानको थालनी गर्ने निर्णय गरेका छन् । कात्र्तिक १७ गते कास्कीको सिमाना कुभिण्डे देखि लुम्बिनी प्रदेशको सिमाना राम्दी सम्म यात्रु र सवारी साधनलाई आवागमनमा सहज बनाउन मर्मत सम्भार र खाल्डाखुल्डी पुर्ने भएको छ । शाखा सडकहरुको पनि सफाई र मर्मत गरिने गरी निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी हरी शर्माले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेल
प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेल,स्याङ्जा

बैठकले प्रशासन, मालपोत र अन्य कार्यालयहरुमा गरिने सिफारीसमा आवश्यक कागतजात प्रमाणहरु संलग्न नहुदा सेवाग्राहीमा देखिएको कठिनाई प्रति ध्यान दिन निर्णय गरिएको छ । आवश्यक सुझाव र सिफारीमा कागतजात पु¥याएर सेवाग्राहीको सेवामा समस्या आउन नदिने निर्णय भएको सहायक प्रजिअ शर्माले बताए । बजार अनुगमनलाई निरन्तरता दिदै जिल्लामा अभियानका रुपमा संचालन भइरहेको राष्ट्रिय परिचयपत्रलाई आ—आफ्नै पालिकाबाट बाट संचालन गर्ने निर्णय भएको छ । प्रजिअ पौडेलले जनप्रतिनिधि र राष्ट्र सेवक कर्मचारी जनताको सेवामा खटिनुपर्ने दायीत्व भएकाले नागरिमैत्री बनेर सेवा प्रवाहमा लाग्न सुझाव दिए । प्रजिअको जिम्मेवारी लिएर आएसगै पौडेलले पहिलो प्रथामिकतामा सिद्धार्थ राजमार्गमा यात्रा सहज रुपले हुनेपर्ने तर्फ ध्यानाकर्षण गरेका थिए । उनकै पहलमा बर्षैदेखी अलपत्र र निमार्ण हुन नसकेर असहज यात्रा गर्न बाध्य रहेको राजमार्गलाई सहज बनाउने काम गरेका थिए । यसको निरन्तरताका लागि उनले समन्वय बैठकबाट पनि राजमार्ग संरक्षण अभियानलाई प्रथामिकतामा राखेका हुन् । यो प्रयासको स्याङ्जावासी नागरिकले खुलेर प्रशंसा समेत गरेका छन् ।

Facebook Comments Box
TOP