देउसीभैलोमा भीडभाड नगर्न स्याङ्जा प्रशासनको आग्रह । (के छ प्रशासनको आदेशमा ?)
स्याङ्जा :
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले देउसीभैलोजस्ता कार्यक्रममा भीडभाडजन्य गतिविधि नगर्न आग्रह गरेको छ ।
स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जारी गर्नु भएको सूचनामा सामाजिक दुरी कायम गर्दै स्वास्थ्यका मापदण्डहरु पूर्णरुपमा पालना गरी देउँसी, भैलो कार्यक्रम विहान ६ बजेदेखि साँझ ८ बजेसम्म मात्र सञ्चालन गर्न आग्रह गरिएको छ ।
सूचनामा गृह मन्त्रालयको निर्देशन अनुसार साँस्कृतिक धरोहरका रुपमा रहेका दिपावली (तिहार), नेपाल संवत, छठ, ईद लगायतका चाडपर्व तथा उत्सवहरुलाई मर्यादित र व्यवस्थित रुपमा मनाउने सन्दर्भमा कोभिड १९ को जोखिम कायमै रहेकोले सानो संख्यामा (२५ जनामा नबढ्ने गरी) सामाजिक दुरी कायम गर्दै स्वास्थ्यका मापदण्डहरु पूर्णरुपमा पालना गरी देउँसी, भैलो कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको छ ।
साथै चाडपर्व मनाउने क्रममा कानूनद्धारा निषेध गरिएका होहल्ला गर्ने, जुवातास खेल्ने, पटका, आतिशवाजी लगायतका कुनै पनि विष्फोटक पदार्थहरुको विक्री, वितरण र प्रयोग गर्ने एवं पड्काउने जस्ता कार्यहरु नगर्नु÷नगराउनुहुन समेत सम्पूर्ण जिल्लाबासीहरुमा प्रशासनले अनुरोध समेत गरेको छ ।
यो सूचनाको अवज्ञा गर्ने गराउने व्यक्तिलाई संक्रामक रोग ऐन २०२० तथा अन्य प्रचलित कानुनबमोजिम कारबाही हुनेसमेत प्रशासनले जनाएको छ ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


