स्याङ्जामा राजमार्ग संरक्षण अभियान : झण्डै ८० किलोमिटर सडक एकै दिन मर्मत ।

वालिङ :
स्याङ्जामा सिद्धार्थ राजमार्गको संरक्षण अभियान शुरु गरिएको छ । राजमार्गको स्याङ्जा सडक खण्डमा एकै दिन मर्मत गर्ने काम गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाको सक्रियता तथा राजमार्गमा पर्ने पालिकाहरुको सहयोगमा सडकको मर्मत गर्ने काम गरिएको छ । प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलका अनुशार जिल्लाभर १७ ओटा टोली परिचालन गरिएको छ । नेपाली सेना,शसस्त्र प्रहरी,जनपद प्रहरी, नगरपालिकाका कर्मचारीहरु लगायतको सहभागितामा राजमार्गको मर्मत गर्ने काम गरिएको प्रमुख जिल्ला अधिकराी पौडेलले बताउनु भयो ।
बर्षाद र बेमौसमी बर्षादका कारण सडकमा क्षती भएपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले पालिकाहरुको समन्वयमा अभियान नै थालेको हो ।
राजमार्गले छोएका पालिकाहरुले आ—आफ्ना क्षेत्रभित्रपर्ने राजमार्गलाई सरसफाई देखि राजमार्गमा देखिएका खाल्डाखुल्डी पुर्न परिचालित भएका थिए । देशकै पुरानो र तराई पहाड जोड्ने सिद्धार्थ राजमार्ग संरक्षणको अभावमा जिर्ण बन्दै गएको छ । राजमार्गबाट शाखा सडक खोल्दा आवातजावतमा समेत सवारी साधनलाई समस्या हुदै आएको छ । अर्को तर्फ दुर्घट्ना पनि बढ्दो क्रममा रहेको छ ।

भीरकोट नगरपालिकाका प्रमुख छायाँराम खनाल सहितको टोली राजमार्ग मर्मत गर्दै
भीरकोट नगरपालिकाका प्रमुख छायाँराम खनाल सहितको टोली राजमार्ग मर्मत गर्दै

सोमवार बसेको जिल्ला स्थित समन्वय बैठकले सडक बचाउ अभियानको थालनी गर्ने निर्णय गरेको थियो । कास्कीको सिमाना कुभिण्डे देखि लुम्बिनी प्रदेशको सिमाना राम्दी सम्म यात्रु र सवारी साधनलाई आवागमनमा सहज बनाउन मर्मत सम्भार र खाल्डाखुल्डी पुर्नुका साथै शाखा सडकहरुको पनि सफाई र मर्मत गर्ने काम शुरु गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।
बुधवार दिनभर नै पालिका प्रमुख सहित प्रहरी प्रशासनको टोली राजमार्गको मर्मतमा खटेको थियो । यो अधियानलाई समय मिलाएर निरन्तर सञ्चालन गर्ने प्रशासनले जनाएको छ ।

Facebook Comments Box
TOP