स्याङ्जामा राजमार्ग संरक्षण अभियान : झण्डै ८० किलोमिटर सडक एकै दिन मर्मत ।
वालिङ :
स्याङ्जामा सिद्धार्थ राजमार्गको संरक्षण अभियान शुरु गरिएको छ । राजमार्गको स्याङ्जा सडक खण्डमा एकै दिन मर्मत गर्ने काम गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाको सक्रियता तथा राजमार्गमा पर्ने पालिकाहरुको सहयोगमा सडकको मर्मत गर्ने काम गरिएको छ । प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलका अनुशार जिल्लाभर १७ ओटा टोली परिचालन गरिएको छ । नेपाली सेना,शसस्त्र प्रहरी,जनपद प्रहरी, नगरपालिकाका कर्मचारीहरु लगायतको सहभागितामा राजमार्गको मर्मत गर्ने काम गरिएको प्रमुख जिल्ला अधिकराी पौडेलले बताउनु भयो ।
बर्षाद र बेमौसमी बर्षादका कारण सडकमा क्षती भएपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले पालिकाहरुको समन्वयमा अभियान नै थालेको हो ।
राजमार्गले छोएका पालिकाहरुले आ—आफ्ना क्षेत्रभित्रपर्ने राजमार्गलाई सरसफाई देखि राजमार्गमा देखिएका खाल्डाखुल्डी पुर्न परिचालित भएका थिए । देशकै पुरानो र तराई पहाड जोड्ने सिद्धार्थ राजमार्ग संरक्षणको अभावमा जिर्ण बन्दै गएको छ । राजमार्गबाट शाखा सडक खोल्दा आवातजावतमा समेत सवारी साधनलाई समस्या हुदै आएको छ । अर्को तर्फ दुर्घट्ना पनि बढ्दो क्रममा रहेको छ ।

सोमवार बसेको जिल्ला स्थित समन्वय बैठकले सडक बचाउ अभियानको थालनी गर्ने निर्णय गरेको थियो । कास्कीको सिमाना कुभिण्डे देखि लुम्बिनी प्रदेशको सिमाना राम्दी सम्म यात्रु र सवारी साधनलाई आवागमनमा सहज बनाउन मर्मत सम्भार र खाल्डाखुल्डी पुर्नुका साथै शाखा सडकहरुको पनि सफाई र मर्मत गर्ने काम शुरु गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।
बुधवार दिनभर नै पालिका प्रमुख सहित प्रहरी प्रशासनको टोली राजमार्गको मर्मतमा खटेको थियो । यो अधियानलाई समय मिलाएर निरन्तर सञ्चालन गर्ने प्रशासनले जनाएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


