महाधिवेसनमा सहभागी हुने स्याङजा एमालेका प्रतिनिधिहरु (काे काे परे, हेर्नुहाेस् )
स्याङजा :
नेकपा एमाले स्याङजाले १० औं राष्ट्रिय महाधिवेसनका लागि स्याङजाबाट सहभागी हुने प्रतिनिधि छनौट गरेकाे छ । सहमतिका आधारमा महाधिवेसनमा सहभागी हुने प्रतिनिधिको नाम टुंग्याइएको एमाले स्याङजाले जनाएको छ ।
स्याङ्जा क्षेत्र नं १ बाट सिफारिस हुनेमा नारायण प्रसाद मरासिनी, सुधिर शर्मा पौडेल, मिन प्रसाद गुरुङ, इश्लाम मिया, विश्व पौडेल, सिमा क्षेत्री, दिपक लम्साल, सन्तोष के.सी., तारा शर्मा र देवी थापा रहेका छन् ।
यसैगरी स्याङ्जा क्षेत्र नं २ बाट सिफारिस हुनेमा मोहनप्रसाद रेग्मी, भूपराज अधिकारी, देवीसरा थापा, मुक्तिप्रसाद पाठक, सूर्यप्रसाद गैह्रे (पारस), खिमबहादुर थापा, किशोरबिक्रम मल्ल, उदयराज श्रेष्ठ, सरस्वती भट्टराई र खगिसरा थापा रहेका छन् ।
निर्वाचन समितिका अनुसार स्याङ्जा क्षेत्र नं. १ बाट खुलामा ३७ र महिलाबाट ९ जनाले राष्ट्रिय महाधिवेसन प्रतिनिधिका लागि उमेदवारी दर्ता गराएका थिए । खुलाबाट ७ महिलाबाट ३ जना र उत्पीडिततर्फ २ निर्वाचित गर्नुपर्नेहुन्छ । क्षेत्र नम्वर २ मा खुला र महिलाका १० पदका लागि खुलामा २९ जना र महिलाबाट ९ जनाले उमेदवारी दर्ता गरेका थिए ।
त्यसैविच उत्पीडित तर्फबाट ४ जना चयन भएका छन् चयन हुनेहरुमा टेकु नेपाली, मेघ प्रनेश, धनमाया विक र दिपक विक रहेको नेकपा एमाले स्याङजाका अध्यक्ष सुर्य प्रसाद गैह्रेले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


