नेपाली काँग्रेस स्याङजाकाे सभापतिमा राजु थापा निर्वाचित ।

स्याङजा :
नेपाली काँग्रेस स्याङजाको सभापतिमा राजु थापा निर्वाचित हुनु भएको छ । भर्खरै सम्पन्न भएको मतगणनामा थापाले १११७ मत ल्याई निर्वाचित हुनु भएको हो । उहाँका प्रतिस्पर्धी भागवत प्रकाश मल्लले १०८५ मत ल्याउनु भएको छ । उहाँहरुको मतान्तर ३२ रहेको छ ।
शुक्रवार भएको मतदानमा दुई हजार दुई सय १८ मत खसेको थियो । स्याङजामा २२५७ मतदाता रहेका थिए ।
थापा संविधान सभा सदस्य हुन् भने मल्ल स्याङ्जा–२ को ‘ख’ बाट प्रदेश सभामा निर्वाचित सांसद हुनुहुन्छ ।
प्यानल सहित चुनावी मैदानमा उत्रिएका थापा र मल्ल बीच कडा प्रतिस्पर्धा भएको थियो ।

त्यस्तै उपसभापति, सचिव र सहसचिवमा दुवै पक्षका एक/एक जना निर्वाचित भएकाछन् ।
थापा पक्षका केदार काफ्ले १३७० मत र मल्ल पक्षका शेर बहादुर थापा ८९३ मत ल्याई बिजयी भएकाछन् । त्यस्तै सचिवमा थापा पक्षका गुरु प्रसाद भट्टराई १२९२ र मल्ल पक्षका दामोदर लम्साल ९३४ मत ल्याइ बिजयी भएका छन् ।
त्यस्तै सहसचिवमा ध्रुवबन्धु पौडेल ११५८ मत र पृथ्वी प्रसाद पोख्रेल ९३९ मत ल्याई निर्वाचित हुनु भएको छ ।

 

Facebook Comments Box
TOP