स्याङ्जा कांग्रेस सभापतिमा थापा र मल्लको प्यानल सहित उम्मेदवारी,यस्ताे छ टिम ।

raju prakash syangja
स्याङ्जा :  नेपाली कांग्रेसको स्याङ्जा जिल्ला सभापतिमा दुई जनाको मनोनयन परेको छ।

संस्थापन इतरबाट राजु थापाको उम्मेदवारी परेको छ। नेता गोपालमान श्रेष्ठ पक्षबाट भागवतप्रकाश मल्लले उम्मेदवारी दिएका छन्। थापा संविधान सभा सदस्य हुन् भने मल्ल स्याङ्जा–२ को ‘ख’ बाट प्रदेश सभामा निर्वाचित सांसद हुन्।

थापा प्यानलबाट उपसभापतिमा केदार काफ्ले र होमप्रसाद भट्टराईले उम्मेदवारी दिएका छन्। सचिवमा उक्त प्यानलबाट रामचन्द्र रेग्मी र गुरुप्रसाद भट्टराईले उम्मेदवारी दिएका छन्। सह सचिवद्वयमा रोशन दर्जी र दिनबन्धु पौडेलले उम्मेदवारी दर्ता गरेका छन्।

सभापतिका उम्मेदवार मल्लको टीमबाट उपसभापतिमा नारायण प्रसाद पौडेल र शेरबहादुर थापाले उम्मेदवारी दिएका छन्। सचिवमा बुद्धिप्रसाद भण्डारी र दामोदर लम्साल उम्मेदवार बनेका छन्। सह सचिवद्वयमा पृथ्वी प्रसाद पोख्रेल र सवितादेवी शर्मा लामिछानेको उमेद्वारी परेको छ ।

स्याङ्जामा नेता श्रेष्ठ र थापाको वडा तहदेखि नै छुट्टाछुट्टै प्यानल बन्दै आएको छ। स्याङ्जा लगायत एकभन्दा बढी प्रतिनिधि सभा क्षेत्र रहेका जिल्लामा भोलि मतदान गर्ने कांग्रेसको कार्यतालिका छ।

भाेलि नै महासमिति सदस्यकाे समेत मतदान हुने कार्यतालिका रहेकाे छ ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP