स्याङ्जा कांग्रेस सभापतिमा थापा र मल्लको प्यानल सहित उम्मेदवारी,यस्ताे छ टिम ।

संस्थापन इतरबाट राजु थापाको उम्मेदवारी परेको छ। नेता गोपालमान श्रेष्ठ पक्षबाट भागवतप्रकाश मल्लले उम्मेदवारी दिएका छन्। थापा संविधान सभा सदस्य हुन् भने मल्ल स्याङ्जा–२ को ‘ख’ बाट प्रदेश सभामा निर्वाचित सांसद हुन्।
थापा प्यानलबाट उपसभापतिमा केदार काफ्ले र होमप्रसाद भट्टराईले उम्मेदवारी दिएका छन्। सचिवमा उक्त प्यानलबाट रामचन्द्र रेग्मी र गुरुप्रसाद भट्टराईले उम्मेदवारी दिएका छन्। सह सचिवद्वयमा रोशन दर्जी र दिनबन्धु पौडेलले उम्मेदवारी दर्ता गरेका छन्।
स्याङ्जामा नेता श्रेष्ठ र थापाको वडा तहदेखि नै छुट्टाछुट्टै प्यानल बन्दै आएको छ। स्याङ्जा लगायत एकभन्दा बढी प्रतिनिधि सभा क्षेत्र रहेका जिल्लामा भोलि मतदान गर्ने कांग्रेसको कार्यतालिका छ।
भाेलि नै महासमिति सदस्यकाे समेत मतदान हुने कार्यतालिका रहेकाे छ ।
समाचार
थप सामाग्री
महिलालाई उत्पादनमा जोड्न बाख्राका पाठापाठी वितरण ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङ नगरपालिका–२ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठी उपहार स्वरुप वितरण गरिएको छ । स्थानीय तिलडाँडा…