निर्वाचित सभापति तथा जिल्ला कार्यसमितिलाई सभापतिका प्रत्यासी मल्लद्धारा बधाइ तथा शुभकामना
स्याङ्जा :
नेपाली काङ्ग्रेस गण्डकी प्रदेश सचेतक सांसद भागवत् प्रकाश मल्लले स्याङ्जाको जिल्ला अधिवेशनमा निर्वाचित हुने सभापति राजु थापालगायत कार्यसमितिका सम्पूर्ण पदाधिकारी र सदस्यहरुलाई आज बधाइ व्यक्त गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।
आज पार्टी कार्यालयमा निर्वाचित सभापति, उपसभापति, सचिव, सहसचिव तथा सदस्यहरुलाई बधाइ तथा शुभकामना व्यक्त गर्दै सांसद तथा सभापतिका प्रत्यासी मल्लले निर्वाचनको परिणामलाई स्वीकार गर्दै सबैसँग मिलेर अगाडि बढ्न आफू तयार रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘काङ्ग्रेस लोकतान्त्रिक पार्टी हो । विधि, पद्धति र लोकतान्त्रिक मूल्य मान्यता नै काङ्ग्रेसको सम्पत्ति हो । निर्वाचनमा गइसकेपछि जितहार हुन्छ नै । यसलाई मैले सामान्य र स्वभाविक रुपमा लिएको छु ।’
उहाँले आफूलाई सहयोग गर्ने मतदाता, कार्यकर्ता, शुभचिन्तक तथा सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दै भन्नुभयो, ‘यहाँहरुको मप्रतिको विश्वास र सद्भावलाई शक्तिका रुपमा लिएर आगामी दिनमा थप ऊर्जाका साथ अगाडि बढ्ने छु । स्याङ्जा काङ्ग्रेसलाई २०४८ सालको शक्तिशाली काङ्ग्रेस बनाउने अभियानमा थप सशक्त भएर लाग्ने छु ।’सांसद मल्ल जिल्ला सभापतिमा संविधानसभा सदस्य राजु थापासँग जम्मा ३२ मत अन्तरले मात्र पराजित हुनुभएको थियो।
याे पनि :
- नेपाली काँग्रेस स्याङजाकाे सभापतिमा राजु थापा निर्वाचित ।
- काँग्रेस स्याङजाको सभापतिमा थापा सहित मिस्रित नतिजा,कसले कति मत ल्याए हेर्नुहोस् ।
समाचार
थप सामाग्रीअदालतको आदेशसँगै धरौटी बुझाएर छुटे रास्वपा सभापति लामिछाने ।
६ दिन अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटी बुझाएर छुटेका छन् । कास्की जिल्लाको हिरासतबाट लामिछाने ८४ दिनपछि धरौटीमा रिहा भएका…