वालिङ जीप दुर्घटना अपडेट : मृतकको संख्या ३ पुग्यो, १४ जनाको पोखरामा उपचार हुँदै ।

राधाकृष्ण डुम्रे/स्याङजा :
स्याङ्जाको वालिङमा आईतवार साँझ भएको जीप दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या ३ पुगेको छ । दुर्घटनामा परि घाईते भएकी गल्याङ १० की ४ बर्षीया करिस्मा थापाको उपचारका क्रममा पोखरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डिएसपी राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
आईतवार साँझ भएको दुर्घटनामा परि गल्याङ १० का ३२ बर्षीय गंगा पल्ली र सोही ठाँउका ७७ बर्षका दल बहादुर पल्लीको मृत्यु भएको थियो ।
दुर्घटनामा परि घाईते भएकाहरु मध्ये ३ जनाको डिस्चार्ज भएको छ भने १४ जनाको पोखराका बिभिन्न अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
वालिङ बजारबाट गल्याङको पकवादीका लागि छुटेको ग १ ज ४९१८ नम्वरको जीप वालिङ १० मदिखोलामा दुर्घटनमा परेको थियो । जीप ग्रामिण सडकबाट १०० मिटर तल झरेको थियो ।
समाचार
थप सामाग्री
महिलालाई उत्पादनमा जोड्न बाख्राका पाठापाठी वितरण ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङ नगरपालिका–२ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठी उपहार स्वरुप वितरण गरिएको छ । स्थानीय तिलडाँडा…