दुई पत्रकारले पाए यस वर्षको नोबेल शान्ति पुरस्कार ।

एजेन्सी:
फिलिपिन्स र रूसका दुई जना पत्रकारले यस वर्षको नोबेल शान्ति पुरस्कार पाएका छन्।
फिलिपिन्सका मारिया रेसा र रूसका डिमिट्री मुरातोभलाई ती मुलुकमा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि उनीहरूले गरेको साहसपूर्ण कामका लागि नोबेल पुरस्कार छनौट समितिले नोबेल शान्ति पुरस्कार दिने निर्णय गरेको बिबिसीले जनाएको छ।

यस वर्ष नोबेल शान्ति पुरस्कारका लागि ३२९ जनाको आवेदन परेको थियो। तीमध्ये जलवायु परिवर्तन अभियन्ता ग्रेटा थनबर्ग, रिपोर्टर्स विथवाउट बोर्डर्सलगायत थिए। कमिटीले कोरोनाभाइरसको महामारीका कारण यसवर्षका नोबेल विजेताहरूलाई सम्बन्धित देशहरूबाटै पुरस्कार प्रदान गर्ने योजना बनाएको छ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP