हाम्रो शक्ति देखेर ओलीको निद हराएको छ : माधब नेपाल

प्रकाश डोटेल/स्याङ्जा :
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादीं) का अध्यक्ष माधब कुमार नेपालले एकिकृत समाजबादीको शक्ति देखेर केपी ओलीको निद हराएको टिप्पणी गरेका छन् । एकिकृत समाजबादी स्याङ्जाको पार्टी कार्यालयको उद्घाटन गर्दै नेपालले समाजबादीको शक्ति देखेर केपी ओलीको निद हराम भएको टिपपणी गरेका हुन् ।
सुदुरपश्चिममा हाम्रो पार्टी पहिलो र एमाले चौथो रहेको बताउदै अध्यक्ष नेपालले आगामी निर्वाचनमा एमाले चौथो पार्टी बन्ने ढोकुवा गरे । पार्टी कम्पनी नभएको बताउदै बिचारको लागि पार्टी बिभाजन भएको बताउदै नेपालले अहिले केपी ओली केशरजंग रायमाझी भन्दा फरक नभएको जिकिर गरे ।
“पछिल्लो क्रममा एमाले केपी फाउण्डेसन भएकोले एकिकृत समाजबादी स्थापना गरिएको हो ।” अधयक्ष नेपालले भने, “ब्यक्ती प्रदान नभई नीति प्रदान भएकोले फाउण्डेसनबाट बिद्रोह गरेर एकिकृत समाजबादी बनाएका हौं ।” ओलीको कामै अग्रगमनको बिरोध गर्ने र प्रतिगमनको मतियार बन्ने गरेको बताउदै पुर्व प्रधामन्त्री समेत रहेका नेपालले सत्ताबाट हट्ने डरले दुईदुई पटक प्रतिनिधी सभा बिघठन गरेको सुनाए ।
हिटलर र ओली एकै संस्कारमा हुर्केको बताउदै नेपालले ब्यक्तीबादी स्वार्थका हिमायती गोर्भाचोकले जस्तै ओलीले एमाले बिघठन गर्नपछि नपर्ने दाबी गरे । सत्तामा जानको लागि मात्रै पार्टी एकता गरेको र माओबादीको भोटमा ओली प्रधानमन्त्री बनेको दाबा गदै ‘बा’ भनेर हरिकिर्तन गर्नेका पछाडी लाग्न नसकिने बताए ।
“आगामी निर्वाचनमा काग्रेस, माओबादी, समाजबादी, जसपा, जनमोर्चा मिलेर चुनाब लडिन्छ ।” अध्यक्ष नेपालल भने, “आगामी चुनाबमा ओली फाउण्डेसनको भबिष्य सकिन्छ ।” संघिय चुनाब र स्थानीय चुनाब एकै चोटी नहुने बताउदै नेपालले उप स्थानीय र राष्ट्रिय सभाको निर्वाचन पश्चान संघ र प्रदेशको चुनाब हुने बताए ।
यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले अबको २० दिनमा १२ बर्ष माथिकालाई खोप लगाउन एक करोडको सम्झौता भएको बताए । १८ बर्ष माथीकाले खोप लगाइरहेको र चाडै सबैले लगाउने बताउदै मन्त्री खतिवडाँले १२ बर्ष मुनिकालाई खोपले मान्यता पाएसगै ल्याउने तयारीमा जुटेको बताए ।
ओली सरकारले कुनै लक्ष्य बिना काठमाडौंमा बसेर सयौ अस्पतालको नाटकीय शैलीमा उद्घाटन गरेको बताउदै मन्त्री खतिवडाले पुर्जा र डीपीआर गरेर ल्याए अस्पताल खोल्न सरकारले रकम बिनियोजन गर्ने बताए ।
जेलमा बसेर अहिलेको पार्टी नबनेको बताउदै नेता खतिवडाँले अध्यक्ष नेपाल र नेता खनालले बनाएको ठोकुवा गरे । “बाग मार्ने एउटाले, जुगाँ उखेल्ने अर्कोले” भएको बताउदै ओलीले कम्युनिष्ट पार्टीमा बिकृति ल्याएको नेता खतिवडाँको भनाई थियो ।
“नीति प्रधान नमानी ब्यक्ती प्रधान मान्दा पार्टी बिभाजन भएको हो ।” मन्त्री खतिवडाँले भने, “उखान टुक्काले पार्टी नबन्ने र ओलीले चाहेर, नारा लगाएर १४ जना सांसद कारबाही नहुने र एकिकृत समाजबादी खारेज पनि हुदैन् ।”
समाचार
थप सामाग्री
वालिङमा तमु भाषा खेमा लिपि प्रशिक्षण
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङमा तमु भाषा सम्बन्धी ३ दिनको प्रशिक्षण शुरु भएको छ । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय…