काँग्रेसमा रुपान्तरणको खाँचो छ : नेता गुरुङ्
स्याङ्जा :
नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ्ले काँग्रेसमा रुपान्तरणको खाँचो रहेको बताएका छन् । नेपाली काँग्रेसलाई समय अनुसार परिवर्तन गर्न नसक्दा पार्टी कमजोर बन्दै जान थालेको उनले बताए । नेपाली काँग्रेसको १४ औं महाधिवेसनबाट निर्वाचित भीरकोट नगर कार्यसमितिको पदस्थापन तथा शुभकामना आदानप्रदान कार्यक्रममा काँग्रेस नेता गुरुङ्ले पार्टीमा रुपान्तरणको खोजी गनुपर्ने अवस्था आएको बताएका हुन् । पार्टीमा निरन्तर लाग्ने व्याक्तिको पहिचान हुनु आवश्यक छ उनले भने,¥पाटीमा योगदान गर्ने नेताको खोजी हराउदा पार्टीले क्षेती व्यहोनुपरेको छ ।¦ पार्टीको संगठकहरुको मुल्याङ्कन हुनु जरुरी रहेको उनले बताए ।
पाटीमा निरन्तरता नदिने व्याक्तिहरु हराउदै जान्छन् भन्दै संविधान सभाका सदस्य समेत भएका गुरुङ्ले व्याक्तिहरु बदलिनुपर्ने धारणा व्यक्त गरे । पार्टीलाई बलियो बनाउन आफैबाट बदलिनुपर्ने बताउदै काँग्रेस नेता गुरुङ्ले नेताहरु नबदलिदा पार्टी समस्या आउने गरेको बताए । पार्टी भित्र र बाहिर भष्टञाचार मौलाउदै गएको उदाहरण दिदै नेता गुरुङ्ले ठुला ठुला भष्टञचारका काण्डहरु छानविनको दायरामा ल्याउनु पर्ने धारणा राखे । पार्टीलाई गुटबन्दी भन्दा माथी राखेर अगाडी बढाउनु पर्ने धारणा राख्दै नेता गुरुङ्ले जसले गुटको राजनीति गर्छ त्यस्ता नेताहरुलाई बहिष्कार गर्नुपर्ने बताए ।
काँग्रेसमा लागेका नेता तथा कार्यकर्ताले निरासाको भन्दा पनि आशााको दियो बालेर अगाडी बढ्नुपर्ने सुझाव गुरुङ्ले दिए । १४ औं महाधिवेसनको संघारमा काँग्रेस लागिरहेकाले पार्टीलाई बलियो र मुल्याङ्कन गर्न सक्ने नेतृत्व छनोट गर्न सबै क्षेत्रीय प्रतिनिधिहरुलाई आग्रह गरे ।
कार्यक्रममा कार्यबहाक सभापति बुद्धिबहादुर राना, पुर्व पाटी सभापति खगेन्द्रराज रेग्मी, महासमिति सदस्य छायाराम खनाल, महाधिवेसन प्रतिनिधि गोविन्द कुमार कर्मचार्य लगायतका बक्ताहरुले पार्टीको महाधिवेसन समयमै गर्न नेतृत्वलाई सुझाव दिएका थिए । नेपाली काँग्रेस भीरकोट नगर कार्यसमितिमा निर्वाचित सभापति यामप्रसाद अधिकारी(लक्ष्मण) लगायतको टिमलाई सभापति तोयनाथ अर्यालले पार्टीको सबै जिम्मेवारी हस्तान्तरण गरेका थिए ।
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


