काँग्रेसले भन्यो : ग्रामिण क्षेत्रका सडक सहज बनाउ
श्रीकृष्ण सिग्देल/स्याङ्जा :
चाडवाड नजिकिए सगै ग्रामिण क्षेत्रका सडकहरु सहज बनाउन माग गरिएको छ । नेपाली काँग्रेसले दशैतिहार मनाउन गाँउ फर्केने नागरिकलाई यात्रामा सहज बनाउन माग गर्दै स्थानीय पालिकाहरुलाई अनुरोध गरेको छ । बर्षादले ग्रामिण क्षेत्रका सडकहरु अवरुद्ध देखि जिर्ण अबस्थामा पुगेकाले सडकलाई सहज बनाउन काँग्रेसले स्थानीय सरकारलाई आग्रह गरेको हो । पुतलीबजार नगरपालिका र बिरुवा गाँउपालिकाका प्रमुखलाई दुवै पालिकाका पार्टी सभापतिले ज्ञापन पत्र बुझाउदै चाडवाडमा नागरिकलाई सहजपुर्ण रुपमा यात्रा गर्ने बातावरण मिलाउन आग्रह गरेका हुन् । पुलतीबजार नगर सभापति सुरजकुमार अधिकारी र बिरुवा गाँउपलिका सभापति डोलराज पोख्रेलले छु‘ाछु‘ै प्रेस बिज्ञप्ती जारी गरि बर्षादले गर्दा ग्रामिण सडकहरुमा सवारी आवागमनमा कठिनाई देखिएकाले अविलम्व छिटो सडक मर्मत गरी सहजता प्रदान गर्न विज्ञप्ती मार्फत आग्र गरेका छन् । दशैतिहारमा गाँउ फकेर्ने मानिसको चाप बढ्छ विरुवा गाँउपालिका सभापति पोख्रेलले भने,¥सडक जिर्ण, यात्रुको सवारी चाप बढ्ने हुदाँ दुर्घट्ना हुन नदिन ध्यानाकर्षण गरेका हौं ।¦ नागरिकको यात्रालाई सहजता र चाडवाडका बेला दुर्घट्ना नहोस भनेर स्थानीय सरकारलाई चासो देखाएका हौ उनले भने ।
अधिकांश सडक खाल्डाखुल्डी परेर यात्रामा असहजता पैदा भएकाले छिटो सडक मर्मत गर्न विज्ञप्ती मार्फत आग्रह गरिएको छ । यस कार्यमा हातेमालो गर्न काँग्रेस पार्टी तयार रहेको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्ती मार्फत सबै पालिकावासीलाई संस्कृति र संस्कारको जर्गेन ागर्ने पर्वलाई हर्सोल्लास रुपमा मनाउन आग्रह गर्दै शुभकामना व्यक्त गरिएको छ । यता पुतलीबजार नगर सभापति अधिकारीले पनि ग्रामिण क्षेत्रका सडकलाई ममर्त गरि यातायातमा सहजता प्रदान गर्न पुतलीबजार नगरपालिकालाई आग्रह गरेको छ ।
दुबै सभापतिले स्थानीय सरकारका प्रमुखलाई ज्ञापनपत्र समेत बुझाएका छन् । ज्ञापनपत्र बुझ्दै दुवै सरकारका प्रतिनिधिले छिटो भन्दा छिटो ग्रामणि सडकलाई सहजता बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


