कला, संस्कृति स्याङ्जाको पहिचान : संबिधानसभा सदस्य राजु थापा
भवानी अधिकारी/स्याङ्जा :
संबिधानसभा सदस्य एवं युवा नेता राजु थापाले लोक तथा दोहोरी स्याङ्जाको पहिचान भएकाले यसको संरक्षण र सम्बद्र्धन गर्न जरुरी रहेको बताउनुभयो ।
उहाँले लोक तथा दोहोरीगीतलाई मनोरंजनका रुपमा मात्र उपयोग नगरी हाम्रा धर्म, कला, संस्कृतिको दस्तावेजका रुपमा बचाईराख्न हामीसबैको जिम्मेवारी रहेकोमा जोड दिनुभयो ।
अग्रजलाई सम्मान नव प्रतिभालाई प्रोत्साहन भन्ने नाराका साथ राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठान स्याङ्जाको १९ औं साधारणसभाको उदघाटन गर्दै संबिधानसभा सदस्य थापाले सो कुरा बताउनुभएको हो।
‘लोक संस्कृति बिनाको समाज र पूर्ण हुदैन।’ उहाले भन्नुभयो, ‘नैतिक आचरण, कला, संस्कृति र संस्कार बचाउन राज्यको सकारात्मक सहयोग र लगानी आवश्यक रहन्छ।’
नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहनु भएका थापाका अनुसार मुलुकका ३ तहका सरकार मध्ये स्थानीय तहले लोकसंस्कृतिलाई पाठयक्रममा समावेश गर्नुपर्ने उहाको जोड छ ।
यहाँका लोपोन्मुख अवस्थामा रहेका लोक संस्कृतिको संरक्षण र सम्बद्र्धनका लागि आवश्यक अनुरुपको सहयोग गर्ने उहाले प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय सदस्य शंकर विरही गुरुङ, प्रतिष्ठानका सल्लाहकार पदमबहादुर गुरुङ र मुक्तिप्रसाद रेग्मी, पत्रकार महासंघका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, नेपाली कांग्रेसका युवा नेता अजिज अलि, उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनिता पौडेल, पुतलीबजार नगरसचिव महादेव श्रेष्ठ लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्दै कला संस्कृतिको उर्वर भूमि स्याङ्जालाई एक पाठशालाका रुपमा विकसित गर्देे लोक संस्कृतिको उर्वरभूमि स्याङजा र यहाँका सर्जकले पुरयाउदै आएको कामका बारेमा चर्चा एवं सुझाव दिनुभयो ।
प्रतिष्ठानका अध्यक्ष ऋषिराम डुम्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्णबहादुर खड्काले स्वागत र सचिव राजेश भण्डारीले संचालन गर्नुभएको थियो ।
सभामा सभामा कोषाध्यक्ष बिक्रम गुरुङ्ले आर्थिक र सचिव राजेश भण्डारीले सांगठनिक प्रतिवेदन सार्वजनिकरण गर्नुभएको थियो । कार्यक्रममा लोक कलाकार कमला गैरे, नेत्र गुरुङ, सजनी गुरुङ लगायतले गीत एवं नृत्य प्रर्दशन गरेका थिए ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


