‘स्थानीय आवश्यक्ताको पहिचानका आधारमा सीपयुक्त जनशक्ति उत्पादन गरौं ।’

स्याङजा :
स्थानीय श्रोत र साधानको परिचालन हुने गरी शीपयुक्त जनशक्ति उत्पादनमा सबैले ध्यान दिनु पर्ने सरोकारवालाहरुले बताएकाछन् । स्थानीयतहमा फरक–फरक प्रकृतिको जनशक्ति आवश्यक्ता पर्ने भन्दै वक्ताहरुले श्रोत र साधानको प्रयोग गर्ने गरी उद्यमशीलताको बिकासमा सबै लाग्नु पर्ने बताएकाहुन् ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका शिक्षा प्रविधि तथा बिज्ञान संस्कृति, सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले माटो सुहाउदो दक्ष जनशक्ति उत्पादनमा गण्डकी प्रदेशले बिशेष कार्यक्रम ल्याउन लागेको जानकारी गराउनु भयो । उहाँले भन्नुभयो ‘प्रदेशका ८५ वटै पालिकाहरुको समन्वयमा प्राबिधिक क्षेत्रलाई प्रधावकारी बनाउदै छौं ।’
प्राबिधिक शिक्षा तथा व्यवशायिक तालिम परिषद सिटिईभिटी गण्डकी प्रदेश र गण्डकी प्राविधिक शिक्षा तथा व्यवशायिक तालिम प्रतिष्ठानले ‘आधारभूत तथा मध्यमस्तरीय सीपयुक्त जनशक्ति उत्पादनमा प्रदेश र स्थानीय तहको भूमिका’ बियषयक अन्तक्र्रिया कार्यक्रम वालिङमा गरेको हो ।


कार्यक्रममा बोल्दै भीरकोट नगरपालिकाका प्रमुख छायाराम खनालले प्रत्येक पालिकामा व्यवशायिक तालिम केन्द्र स्थापना गर्नु पर्ने धाराणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘तालिम केन्द्र स्थापनाको लागि स्थानीय तह सहकार्य गर्न तयार छौं ।’
कामलाई व्यवशायिकरण गर्नुपर्नेमा जोड दिदै प्रमुख खनालले काम गरिरहेका व्यक्तिहरुको व्यवशाय प्रवद्र्धनलाई बिशेष ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।
सीप सिक्नका लागि युवाहरुले चासो कम दिने गरेको भन्दै वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले दक्ष जनशक्ति उत्पादन बिना उद्यमशीलतको बिकास हुन नसक्ने स्पष्ट पार्नु भयो ।


कार्यक्रममा बोल्दै शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डाक्टर हरि लम्सालले जीवन यापनका लागि मात्रै काम गर्ने चलन रहेको बताउदै यसलाई नै परिवर्तन गरी आर्थिक उपार्जन गर्न काम गर्ने बातावरण बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘स्थानीयस्तरमा आवश्यक्ता पहिचान र त्यस्को कार्यान्वयन पनि स्थानीयस्तरबाट नै शुरु गर्नु पर्दछ ।’
कार्यक्रममा प्राबिधिक शिक्षा तथा व्यवशायिक तालिम परिषद सिटिईभिटी गण्डकी प्रदेश निर्देशक प्रमोदभक्त आचार्यले प्राबिधिक शिक्षामा बिद्यार्थीको आकर्षणको दर कम भईरहेको तर्फ सहभागी सबैको ध्यानाकर्षण गराउनु भयो । उहाँले अध्यापन गराउने प्राविधिक दक्ष जनशक्ति प्रशसस्त भए पनि बिद्यार्थीको आकर्षण घट्दो क्रममा रहेको बताउनु भयो । प्राबिधिक क्षेत्रमा अध्ययन गरेका कति बिद्यार्थी स्वरोजगार भए कति उद्यमी भए त्यसको समिक्षा हुनु पर्नेमा उहाँको जोड छ । प्राबिधिक क्षेत्रमा सिटिईभिटीले नयाँ तरिकाबाट पठनपाठन शुरु गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्लाका बिभिन्न पालिकाका प्रमुखहरु,प्राविधिक क्षेत्रमा पठनपाठन गराउने बिभिन्न बिद्यालयहरुका प्रधानाध्यापकाहरुको सहभागिता रहेको थियो ।

Facebook Comments Box

विचित्र संसार

थप सामाग्री
TOP