स्थानीय उत्पादनको बजारीकरणका लागि वालिङमा हाट बजार सञ्चालन

स्याङजा :
स्थानीय उत्पादनको बजारीकरण र प्रवर्द्धनका लागि वालिङमा हाट बजार सञ्चालन ल्याइएको छ । स्थानीय उत्पादनलाई सहज रुपमा बजार सम्म पुर्याउने र गाँउ गाँउको उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ साप्ताहिक हाट बजार सञ्चालनमा ल्याईएको हो ।
वालिङ नगरपालिकाको अग्रसरतामा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाले हाट बजार सञ्चालनमा ल्याएको हो । हाट बजारका लागि संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम युएनडिपी, दियालो संस्था, वालिङ उद्योग बाणिज्य संघ लगायतले सहजीकरण गरिरहेकाछन् ।
हरेक साताको शनिबार सञ्चालन हुने हाटबजारमा कृषिजन्य वस्तु, पशुजन्यवस्तु, कृषि औजार, हस्तकलालगायतका स्टलहरु रहेका छन् । स्टलहरु निशुल्क उपलब्ध गराईएको वालिङ प्रोडक्ट होल्डिङका अध्यक्ष याम बहादुर गुरुङले जानकारी दिनुभयो ।
हाटबजारले किसानहरुका कृषि उत्पादनको बजारीकरणमा सघाउ पु¥याउने भन्दै यसको निरन्तरताका लागि नगरले सहयोग गर्ने वालिङ नगरप्रमुख दिलिपप्रताप खाँणले बताउनु भयो । ‘गाँउगाउँमा कृषकहरुले उत्पादन गरेका कृषि उपजहरुलाई संकलन केन्द्रमार्फत हाटबजारमा विक्रि वितरण गरिनेछ । कृषि उपजको बजारीकरणका लागी नगरपालिकाले प्राथामिकताका साथ अगाडि बढेको छ ।’ खाँणले भन्नुभयो ।
नगर प्रमुख खाँणले गाउँगाउँका सहकारीका भवन, क्लबका भवनहरुलाई संकलन केन्द्र बनाई केन्द्रबाट हाटबजारसम्म ल्याउने र विक्रि गर्ने वातावरण सृजना गर्ने बताउनु भयो । हाट बजारमा खपत भई बाँकी रहेका उपजहरुको बाहिरी जिल्ला निर्यात गर्न समेत नगरपालिकाले सहयोग गर्ने खाँणको भनाई छ ।
गाँउगाँउमा उत्पादन हुने कृषि उपज मात्रै नभएर घरेलु हस्तकलाका सामाग्रीहरुलाई समेत बजारमा बिक्रिबितरण गरिने नगरउपप्रमुख कल्पना तिवारीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘सहज बजार पाएपछि यस्ता सामाग्रीको उत्पादन बढ्ने छ ।’
युएनडिपीका गण्डकी तथा लुम्विनी प्रमुख सुदिप अर्यालले दीगो बिकासको स्थानीयकरणको महत्वपूर्णपाटो हाट बजार रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘व्यवस्थित बजारको च्यानलले नै गाँउ गाँउमा उत्पादन र उत्पादकत्व बढाउन सहयोग गर्नेछ ।’
उद्यमीको शहर बनाउने वालिङ नगरपालिकाको मोडललाई प्रदेशका अन्य पालिकाहरुका लागि समेत उदाहरण हुने उहाँको भनाई छ । उद्यमशीलताको प्रवर्द्धनले मात्रै स्थानीय हाटबजार दीगो रुपमा सञ्चालन हुने भन्दै अर्यालले ईबिक मार्फत वालिङमा सञ्चालन भइरहेका क्रियाकलापको प्रशंसा गर्नु भयो ।
कार्यक्रममा दियालो संस्थाकी अध्यक्ष कविता गैह्रे, वालिङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अर्जुनप्रसाद खनालल, वडा नम्वर १० का वडा अध्यक्ष अनन्तराज गैह्रे,संस्थाका उपाध्यक्ष नेत्र प्रसाद सुवेदी, सचिव भूपराज बगाले लगायतले बोलेका थिए ।
समाचार
थप सामाग्री-
आमा औसीको अवसरमा बुद्धाश्रममा सामग्री वितरण र गण्डकी कोटिहोममा महायज्ञको उत्साह
-
गण्डकी कोटिहोम महायज्ञ प्रचारका लागि साइकल र्याली सम्पन्न
-
व्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिम ।
-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।

सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
४ हप्ता अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगीको मुद्दा थुनामा पठाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश दिएको…