गाउँ सेवा परिवार विर्घाद्वारा औषधि तथा स्वास्थ्य सामग्री वितरण

स्याङ्जा : गाउँ सेवा परिवार विर्घा, स्याङ्जाले कालीगण्डकी गाउँपालिकामा औषधि तथा स्वास्थ्य सामग्री वितरण गरेको छ ।

परिवारले कालीगण्डकी गाउँपालिका र विर्घा स्वास्थ्य चौकीलाई अक्सिजन कन्सर्नट्रेटर, बाइपैप मसीन, पीपीई सेट, सर्जिकल मास्क, कोभिड संक्रमित, बच्चा, महिला देखि वृद्द तथा दिर्घरोगिका औषधि, मल्टिभिटामिन लगायत अत्यावश्यक स्वास्थ्य सामग्रीहरू वितरण गरेको गाउँ सेवा परिवारका महासचिव राजेन्द्रप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

‘कोभिडको दोश्रो लहरको असर गाउँमा अझै बाँकी हुनुका साथै तेश्रो लहर आउन सक्ने उच्च सम्भावना रहेकोले पालिकाबासीका लागि केहि सहयोग पुगोस् भनि परिवारले समयमै अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको हो,’ महासचिव पाण्डेले भन्नुभयो ‘यो कुनै प्रतिफलका लागि नभएर विशुद्द सेवाभाव हो, हाम्रो सानो सहयोगले कोहि १ जना व्यक्तिको मात्र जीवनरक्षा गर्न सकेपनि हाम्रा लागि ठुलो उपलब्धि हुनेछ।’

कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम थापाले नेपालको पुरानो सामाजिक संस्था मध्येको एक गाउँ सेवा परिवारले विगतमा विकास निर्माणदेखि शिक्षा तथा खेलकुदको क्षेत्रमा गरेको कार्यको उच्च प्रसंसा गर्दै पछिल्ला वर्षहरुमा परिवारले गरेको स्वास्थ्य सम्बन्धि निरन्तर सहयोगका लागि धन्यवाद दिनुभयो ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै परिवारका पूर्व अध्यक्ष आत्माराम पाण्डेय र पूर्व महासचिव शिवनाथ पाण्डेयले लामो इतिहास बोकेको संस्था बिचमा केहि समय सुस्ताए पनि पछिल्लो नेतृत्वले गरेका कार्यहरुले सस्थालाई पुनर्जीवित गर्नुका साथै परिवारले उपलब्ध गराएका स्वास्थ्य सामग्रीको वितरण तथा उपयोग न्यायोचित तरिकाले हुनेमा ढुक्क भएको बताउनुभयो ।

गाउँ सेवा परिवारले कालीगण्डकी गाउँपालिकामा गत वर्षहरुमा एम्बुलेन्स, औषधि तथा  स्वास्थ्य सामग्री प्रदान गर्नुको साथै निःशुल्क शिविर पनि सञ्चालन गरेको थियो ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP