जलवायु परिवर्तनविरुद्ध जुध्नका लागि क्षतिपुर्ति पाउनुपर्ने मुद्दालाई नेपालले उठाउने ।

काठमाण्डौ
जलवायु परिवर्तनविरुद्ध जुध्नका लागि गरेको योगदानबापत कम विकसित देशहरुले पाउनुपर्ने क्षतिपुर्तिको मुद्दालाई नेपालले कोप २६ सम्मेलनमा उठाउने भएको छ । सम्मेलन आजबाट स्कटल्यान्डको ग्लासगो शहरमा सुरु हुँदैछ ।

पेरिस जलवायु सम्झौतामा स्पष्टै रुपमा विकसित देशहरुले कम विकसित देशहरुलाई सहयोग गर्ने विषय उल्लेख भएकाले धनी देशहरुले आफ्ना प्रतिवद्धता पूरा गर्नुपर्ने नेपालको माग छ । यसका लागि आर्थिक संयन्त्र स्थापना गरेर अघि बढ्नुपर्ने नेपालको माग छ ।

सम्मेलनमा नेपालले चारवटा एजेन्डालाई मुलरुपमा उठाउने वन तथा वातावरण मन्त्रालयले जनाएको छ । मन्त्रालयले तयार गरेको प्रतिवेदनमा यसबारे उल्लेख गरिएको छ । ‘केही महत्वपूर्ण क्षेत्रमा कोप २६ ले सफल नतिजा निकाल्ने नेपाल सरकारको विश्वास छ । यसमध्ये: १. कार्बन उत्सर्जन कटौती गर्नका लागि प्रतिवद्धता, ठोस कदम महत्वाकांक्षाको स्तरलाई वृद्धि गर्ने । २. नेपालजस्ता कम विकसित देशका लागि सहज, अपेक्षित र अतिरिक्त जलवायु फाइनान्सको व्यवस्था गर्ने । ३. क्षती र नोक्सानीलाई फरक थिमका रुपमा मान्यता दिने । ४. र सबैभन्दा महत्त्वपूर्ण एडप्टेनशन (अनुकुलता) र रिसाइलेन्सलाई सहयोग गर्न ठोस कदम चाल्ने अपेक्षा गरिएको छ,’ प्रतिवेदनमा उल्लेख छ ।

 

Facebook Comments Box
TOP