थपिए ३६५ संक्रमित, ४ जनाको मृत्यु

corona

काठमाडौं: पछिल्लो २४ घण्टामा देशभर थप ३६५ जना कोरोना संक्रमित थपिएका छन् ।

५ हजार ५९४ जनामा पीसीआर विधिबाट ३२६ तथा एन्टिजेन विधिबाट ३९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थप ६०९ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गएकाे २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । हाल नेपालमा ११ हजार २६१ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

नेपालमा हाल १४ हजार २६७ जना सक्रिय संक्रमित रहेका छन् । pic-file

Facebook Comments Box
TOP