वालिङका स्वास्थ्य संस्थाको वार्षिक समीक्षा
वालिङ :
वालिङ नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुले प्रदान गर्ने सेवाका विषयमा स्वास्थ्य संस्थास्तरीय वार्षिक समीक्षा गरिएको छ ।
दुईदिनसम्म सञ्चालन हुने वा
िर्षक समीक्षा कार्यक्रममा बोल्नुहुँदै नगर उपप्रमुख कल्पना तिवारीले स्वास्थ्यसम्बन्धी आधारभूत सेवालाई नागरिकहरुको पहुँचमा पु¥याउनका लागि वडा÷वडामा स्वास्थ्य केन्द्र स्थापना गरी सञ्चालनमा ल्याईएको बताउनुभयो । उहाँले नागरिकहरुलाई स्वास्थ्य संस्थाबाट उपलब्ध गराउनुपर्ने सेवाहरु निरन्तररुपमा उपलब्ध गराउने र सेवा विस्तार गर्दै लगिने धारणा राख्नुभयो ।
कोभिड १९ को महामारी रोकथाम तथा नियन्त्रणमा स्वास्थ्यकर्मीहरुको निरन्तरको खटाई प्रशंसनीय रहेको बताउनुहुँदै सम्पूर्ण स्वास्थ्यकर्मीहरु धन्यवादको पात्र भएको धारणा राख्नुभयो ।

महामारीका समयमा जोखिम मोलेर अग्रपंक्तिमा रही सेवा दिनुहुने स्वास्थ्यकर्मीहरुकै कारण कोरोना रोकथाम तथा नियन्त्रणका लागि महत्वपूर्ण भूमिका रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत बाबुराम सापकोटाले सेवा प्रवाह गर्ने क्रममा स्वास्थ्य क्षेत्रमा देखिएका कमी कमजोरीहरुलाई सुधार गर्दै अगाडि बढ्ने बताउनुभयो । विभिन्न स्वास्थ्य संस्थाहरुले गरेका असल कार्य तथा अनुभवहरुलाई अनुशरण गर्दै आगामी दिनमा नयाँ योजनाहरु बनाउन सहज हुने धारणा उहाँको थियो ।
लेखा अधिकृत ज्ञानप्रसाद पाण्डेको स्वागतसँगै शुरु भएको कार्यक्रम निमित्त प्रमुख प्रशासकीय अधिकृत बाबुराम सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले गर्नुभएको थियो । समीक्षा कार्यक्रममा नगरभित्र रहेका अस्पताल, स्वास्थ्यचौकी तथा शहरी स्वास्थ्य इकाईका प्रमुख तथा प्रतिनिधि स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको छ ।

समाचार
थप सामाग्री-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि
काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…


