काँग्रेस महाधिवेशन : स्याङ्जामा ११ पालिकाको नतिजा सार्वजनिक,कहाँ को हेर्नुहोस् !

स्याङ्जा : नेपाली कांग्रेस स्याङ्जाका एघार वटै पालिकाको नतिजा सार्वजनिक भएको छ। एघार पालिका मध्ये चापाकोट नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन हो भने अन्य १० पालिकामा मतदान गरिएकाे हाे ।
पाँच नगरपालिका र ६ गाउँपालिका रहेकाे स्याङ्जामा अधिवेशनको औपचारिक उदघाटन भने शनिवार नै भएको थियो। चापाकाेट नगरपालिकामा सहमतिका अाधारमा बिक्रम सारु चयन हुनु भएकाे छ । १० जनाकाे उमेद्वारी सहमतीमा सारुलाइ चयन गिरएकाे हाे ।
पुतलीबजार नगरपालिकामा सुरजकुमार अधिकारी २ सय ३२ मतका साथ निर्वाचित हुनु भएकाे छ। उहाँका प्रतिस्पर्धी बिक्रान्तकुमार (सुवर्ण) श्रेष्ठले १ सय ८ मत ल्याउनु भयाे ।
भीरकोट नगरपालिकामा एक मतको अन्तरले यामप्रसाद अधिकारी (लक्ष्मण) निर्वाचित हुनु भयाे । अधिकारीको एक सय मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी दिपेन्द्र केसीले ९९ मत पाउनु भयाे ।
वालिङ् नगर सभापतिमा नेत्रप्रसाद पाण्डे विजयी हुनु भएकाे छ। उहाँले २ सय ४९ मत पाउदा अर्का उम्मदेद्वार भुपराज बगालेले १ सय ९० मत पाउनु भयाे । कुल ४ सय ४७ जना मतदाता रहेको वालिङमा जम्मा ४ सय ४४ मत खसेको थियो।
गल्याङ नगरपालिकामा १ सय ८२ मतका साथ श्यामप्रसाद बस्याल निर्वाचित हुनु भएकाे छ। उहाँका प्रतिस्पर्धी हरि खनालले भने ६७ मत ल्याउनु भयाे ।
यसैगरी, फेदीखोला गाँउपालिकाको सभापतिमा महेन्द्र थापा निर्वाचित हुनु भएकाे छ । थापाको ५२ मत पाउदा उहाँका प्रतिस्पर्धी लालबहादुर अधिकारीले २५ मत पाउनु भयाे ।
आँधीखोला गाँउपालिकामा सभापतिका उम्मेदवार नरेन्द्र पौडेलले ६१ मत ल्याउनु भयाे। उहाँका प्रतिस्पिर्धी नविन ढकालले ४७ मत रहेको छ।
अर्जुनचौपारी गाँउपालिकामा बिष्णु काफ्लेले ५८ मत पाउदा उहाँका प्रतिश्पर्धी बद्री पौडेलले ३४ मत र फनिनारायण अर्यालले २० मत पाए।
बिरुवा गाँउपालिकाको सभापतिमा डोलराज पोख्रेल निर्वाचित हुनु भएकाे छ । पोख्रेलको ७० मत आउदा उहाँका प्रतिस्पिर्धी युवराज केसीले ६३ मत पाउनु भएकाे छ।
हरिनास गाउँपालिकामा टोपबहादुर भुजेल (टोपा) निर्वाचित हुनु भएकाे छ। उहाँले ६१ मत ल्याउदा प्रतिस्पिर्धी बिक्रमबहादुर चन्द (कृष्ण) को ५३ मत थियो।
कालीगण्डकी गाउँपालिकासभापतिमा नरबहादुर राना ८१ मत ल्याई बिजयी हुनु भएकाे छ। उहाँका निकटतम प्रस्प्रिर्धी यामप्रसाद पाण्डेले ६९ मत पाउनु भयाे। योसँगै स्याङ्जा जिल्लाभरको नगर-गाउँ अधिबेशन शान्त वातावरणमा सम्पन्न भएको जिल्ला निर्वाचन अधिकृत अधिवक्ता रामचन्द्र गौतम (आरसी) ले जानकारी दिए।
जिल्लाभर २ हजार २ सय ४७ मतदाता थिए। निर्वाचनमा ९८ प्रतिशत मत खसेको थियो। दुई प्यानलभई प्रतिप्रर्धा भएपछि यहाँका मतदाताले मिश्रीत परिणाम दिएका छन्। वडा अधिवेशनवाट क्षेत्रीय प्रतिनिधी चुनिएका ब्यक्तिले मात्र मतदान गर्न पाउने ब्यवस्था छ। तस्विर : सामाजिक सञ्जाल
समाचार
थप सामाग्री
वालिङमा तमु भाषा खेमा लिपि प्रशिक्षण
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङमा तमु भाषा सम्बन्धी ३ दिनको प्रशिक्षण शुरु भएको छ । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय…