पाँच महिना पछि हट्यो स्याङ्जामा निशेधाज्ञा (सूचना सहित) ।

jipraka_pic_new

स्याङजा :
स्याङ्जा जिल्लामा ५ महिना पछि निशेधाज्ञा हटाईएको छ । कोरोनाको संक्रमण बढ्दै गएपछि जिल्ला भर गएको बैसाख २१ बाट निशेधाज्ञा लगाईएको थियो । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले आईतवारबाट जिल्लाभर निशेधाज्ञा हटाईएको जानकारी दिनुभएको हो ।
पछिल्ला दिनहरुमा कोभिड–१९ को संक्रमणको दर न्यून हुँदै गएको तथा जिल्लाको जनजीवन समेत सामान्य बन्दै गईरहेको विश्लेषणका आधारमा जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकको निर्णय अनुशार निशेधाज्ञा हटाईएको प्रमुख जिल्ला अधिकारी नेपालले बताउनु भयो ।
कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि सहयोग तथा सहकार्य गर्ने स्थानीय तह, राजनीतिक दल, जिल्लास्थित सुरक्षा निकाय, सरकारी कार्यालय, सरकारी एवं गैरसरकारी संघसंस्था, पत्रकार, सञ्चार माध्यम, पेशागत व्यवसायी, आम नागरिक लगायत सवै सरोकारवाला प्रति प्रशासनले आभार प्रकट गरेको छ ।
कोभिड–१९ संक्रमणको दर घट्दै गएपनि यो पूर्ण रुपमा नियन्त्रणमा आइनसकेको र संक्रमणको जोखिम कायम नै रहेको भन्दै प्रशासनले आफ्नो पेशा व्यवसाय सञ्चालन गर्दा नेपाल सरकारले जारी गरेका जनस्वास्थ्य र सुरक्षाका मापदण्डहरु पूर्ण रुपमा पालना गर्न आग्रह गरेको छ ।

Facebook Comments Box

विचित्र संसार

थप सामाग्री
TOP